समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपतिको प्रमुख आतिथ्यमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी अन्तर्गत दोश्रो चरणको प्रदर्शनी गर्ने तयारी थालेको छ।
नेपालसहित १४ देशका ४४ जना ख्यातिप्राप्त चित्रकारहरुले १७ असोजदेखि २१ असोजसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको १५ वडा र अन्य नौ पालिकाको धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थललाई लाईभ उतारेको पेन्टिङ(क्यान्भास)लाई काठमाण्डौस्थित नेपाल आर्ट काउन्सिल ववरमहलमा प्रदर्शनी गर्ने तयारी थालेको हो।
सो तयारी अन्तर्गत सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको नेतृत्वमा प्राज्ञ धन बहादुर याख्खा, प्राज्ञ विजय थापा, वरिष्ठ चित्रकार रतनकुमार राई, किरण सिजु, विनिता इजमले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्नुभएको छ। काठमाण्डौमा गरिने चित्रकला प्रदर्शनीमा प्रमुख अतिथ्यताको आसन ग्रहण गरिदिनका लागि राष्ट्रपति पौडेलसँग भेटघाट गरिएको मेयर भट्टराईले बताउनुभयो।
भेटघाटपछि राष्ट्रपति पौडेलले हसिलो मुद्रामा प्रस्तुत हुँदै सचिवालयसँग बसेर कार्यक्रमको मिति तय गर्न भन्नुभएको छ। चित्रकला भव्यतापूर्वक सम्पन्न गरेकामा नगरपालिकालाई बधाई पनि दिनुभयो। मेयर भट्टराईले भन्नुभयो। ‘कला, साहित्य र संगितले विश्व जगतलाई जोड्ने भएकाले खोटाङमा यस क्षेत्रको विकासका लागि राष्ट्रपतिले आफ्नो तर्फबाट सहयोग गर्ने भन्नुभएको छ।’
नेपाल, अष्ट्रेलिया, वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट आएका चित्रकारहरुले दिक्तेलबजारको विभिन्न स्थानसहित शुभद्रा–मदन फाउण्डेसन र मझुवागढी उक्लेर लाईभ १०९ वटा क्यान्भास पेन्टिङ गरेका थिए।
सो पेन्टिङ १० माघदेखि माघ मसान्तसम्म काठमाण्डौमा प्रदर्शनी गर्ने तयारी गरिएको छ। उक्त प्रदर्शनीमा खोटाङका राई, तामाङ, नेवार र क्षेत्री/ब्राम्हणको सांस्कृतिक झाँकी, पुस्तक विमोचन, चित्रकारलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology