• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बेपत्ता वृद्धा खोज्न प्रहरीको तालिमप्राप्त कुकुर परिचालन

बेपत्ता वृद्धा खोज्न प्रहरीको तालिमप्राप्त कुकुर परिचालन


समायोजन खबर
  • शनिबार, कार्तिक ११ २०८०

  • बेपत्ता जैसीमाया ढुंगानाको खोजी गर्दै तालिमप्राप्त कुकुर र प्रहरी।तस्विर,किसन भुजेल।

    समायोजन खबर खोटाङ, बिगत पाँच दिनदेखि वेपत्ता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी जैसीमाया ढुंगाना खोज्न प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको छ।

    प्रदेश प्रहरी कार्यालयबाट कुकुर (पुलिस डग) ल्याएर जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) पुरुषोत्तम खड्कासहितको प्रहरी टोली (आज) शनिबार दिउसो घटनास्थल पुगेको हो।

    प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार पनि घटनस्थल निरिक्षणका लागि पुग्नु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कुमार कार्कीले जानकारी दिए।

    विजया दशमीको दिन आफन्तकामा टीका लगाएर घर फर्किनेक्रममा वृद्धा ढुंगाना हराएको परिवार स्रोतले जनाएको छ। श्रीमानसँगै घर फर्किएकी वृद्धा घर नजिकै बाटोमा हराएको परिवारको भनाइ छ।
    बाटोमा श्रीमानभन्दा केही पछि रहेकी वृद्धा ढुंगाना घर नआएकाले खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए। वृद्धा हराएको खबर पाउनसाथ खोजतलास सुरु गरेको प्रहरीले चार दिनसम्म फेला नपरेपछि कुकुर ल्याएर थप खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।
    वृद्धा हराएको स्थलमा यतिबेला कुकुर परिचालन गरि वृद्धाको खोजी भईरहेको स्थानीय किसन भुजेलले बताएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology