चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलमा पाँच दिने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी २०८० को आयोजना ग-र्यो।
कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित १४ देशका ख्यातिप्राप्त चित्रकारहरुले क्यान्भासमा लाईभ(चित्र)पेन्टिङ कोरे। लाईभ कोरेको चित्रलाई दिक्तेलस्थित सरस्वती नमूना माविमा २० असोजमा प्रदर्शनी गरियो।
स्वदेशी तथा विदेशी चित्रकारहरुले उतारेको चित्रहरुको भिडमा यस्तो एउटा थ्रीडी चित्र थियो। जसमा सबैको आँखा पुगेकै थियो। सबैले फोटो खिचिरहेकै थिए। मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी समापन कार्यक्रमको मञ्चको बायाँतर्फ राखिएको दुर्लभ रेड पाण्डाको थ्रीडी चित्रले सबैको ध्यान खिचिरह्यो।
नेर्पाका शम्भु राईले बनाएको रेड पाण्डाको थ्रीडी चित्र।
दुर्लभ रेड पाण्डाको थ्रीडी चित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा बेशीटोलमा अवस्थित पर्शुराम कृषि फर्म तथा होम स्टे सञ्चालक शम्भु राईले बनाएका हुन्। मैले बाँसको काम गर्ने कुरा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले थाहा पाउनु भएछ। चित्रकला प्रदर्शनीमा प्रदर्शन गर्न बाँसबाट रेड पाण्डाको चित्र बनाईदिन आग्रह गर्नुभयो।
रेड पाण्डाको थ्रीडी चित्र बनाउँदै नेर्पाका शम्भु राई।
त्यही सिलसिलामा हतार–हतारमा बाँस र केही काठ प्रयोग गरी रेड पाण्डाको थ्रीडी चित्र बनाए। राईले भने, जीवनमा पहिलो पटक र हतारमा बनाएको रेड पाण्डाको चित्र सबैले मन पराए। यसले थप उर्जा मिलेको छ।
नेर्पाका शम्भु राईले बनाउँदै गरेको रेड पाण्डाको थ्रीडी चित्र।
मेयर भट्टराईले रेड पाण्डाको चित्र बनाईदिनु भन्नुभयो। रेड पाण्डा संरक्षण सम्बन्धि काम गर्ने साथीहरुले रेड पाण्डाको चारवटा फोटो ल्याईदिनु भयो। कसरी बनाउने, के गर्ने भनेर ठूलो चुनौती थियो। कक्षा ५ को किताबमा रेड पाण्डा सम्बन्धि फोटो र जानकारी हेरेर सात दिनमा हाँगामा बसिरहेको रेड पाण्डा बनाईसके । यो बनाउनु चानचुने कुरा थिएन।
भने जस्तो समय चित्र बनाउनमा पुगेन, प्रदर्शनी गर्ने दिन बिहान ८ बजेसम्ममा चित्र तयार पारे । मेरो थ्रीडी चित्र सबैको आकर्षण बन्यो। राईले भने, यसको मुख्य श्रेय चाँहि मेयर भट्टराईलाई नै जान्छ। उहाँले नभन्नु भएको भए यो सिर्जना हुने थिएन।
बनाएको रेड पाण्डाको चित्र देखाउँदै नेर्पाका शम्भु राई।
रेड पाण्डाको चित्र टिनमा पेन्टिङ गरेर बनाउने कुरा पनि आएको थियो। तर, मेयरले बाँसकै बनाउन भनेपछि थ्रीडी टाईपको चित्र बनाईयो। रेड पाण्डाको फोटो भित्तामा टाँसेर बनाउन पनि सकिन्थ्यो। तर, टाउँको, पुछार, शरीर सबै आकर्षक बनाउनुपर्ने भएकाले अपनत्वको भावना र मेहेनतले थ्रीडी चित्र बनाईयो। त्यत्रो विदेशी पाहुनाले हेरे। एक हिसाबले सक्सेस भए। ज्यादै खुशी छु। राईले भने।
हस्तकला सम्बन्धि कुनै तालिम नलिएका राई सामान्य पेन्सिल आर्ट गर्छन्। पहिलो पटक ठूलो चुनौती र ठूलो जिम्मेवारी लिएर रेड पाण्डाको थ्रीडी चित्र बनाउने राई कुनै निकायबाट जिम्मेवारी दिए निर्धक्क भएर काम गर्न सक्ने बताउँछन्।
रेड पाण्डाको थ्रीडी चित्रलाई नगरपालिकाले हस्तान्तरण कार्यक्रम गरेर लिने सामान्य सल्लाह भएको राईले बताए। अब रेड पाण्डा हिडिरहेको, बसिरहेको, दाना खाईरहेको थ्रीडी चित्र कन्फिडेण्डका साथ बनाउँन सक्छु। अबसर दिने निकाय चाहियो।
बनाएको रेड पाण्डाको चित्र देखाउँदै नेर्पाका शम्भु राई।
मैले बनाएको रेड पाण्डाको थ्रीडी चित्र लिएर गाउँ–गाउँमा दुर्लभ रेड पाण्डा संरक्षणको जनचेतना फैलाउन सकिन्छ। यसका लागि रेड पाण्डा संरक्षणमा लागेका संघसंस्था तथा रेड पाण्डा पाइने स्थानका स्थानीय सरकार जागरुक र चनाखो हुनुपर्छ।
बाँसको कटेज, घर, ट्री हाउस, सोफा, टेबल, कृषि सम्बन्धि कामहरु टनेल, बाख्रा फार्म, बंगुर फार्म, लगायत बनाउँदै आएका राईले नगरपालिकाले आयोजना गरेको चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी आफनो कला देखाउने ठूलो माध्यम बनेको बताउँछन्।
बनाएको रेड पाण्डाको चित्र देखाउँदै नेर्पाका शम्भु राई।
दुर्लभ रेड पाण्डा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको कोप्चे र मेरुङ सामुदायिक वन तथा केपिलासगढी गाउँपालिका–१ फेदीको बगाले र फुङालुङ सामुदायिक वनमा पाईने गरेको रेड पाण्डा संरक्षण सम्बन्धि काम गर्दै आएको जनकल्याण समाज नेपालका अध्यक्ष एवंम् रावाबेशी गाउँपालिका–३ लामिडाँडाका वडाध्यक्ष विरेन्द्र मगरले बताए।
उच्च हिमाली तथा पहाडी भागमा पाईने रेड पाण्डा अति नै सुन्दर प्राणी हो। विशेषगरी मालिङ्गो र निगालोका पात र तामा खाने यो स्तनधारी जीवलाई चम्किलो बिरालो(साइनिङ क्याट)को नामले पनि चिनिन्छ । किन कि शारीरिक रुपमा यो घरेलु बिरालो जस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology