• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा अबैधानिक रुपमा चलेका डेन्टल सिल,फार्मेसीमा फर्मासिष्ट नै भेटिन्दैनन्

खोटाङमा अबैधानिक रुपमा चलेका डेन्टल सिल,फार्मेसीमा फर्मासिष्ट नै भेटिन्दैनन्


समायोजन खबर
  • आइतबार, असोज २१ २०८०

  • अबैधानिक रुपमा सञ्चालित न्यु हलेसी डेण्टल क्लिनिक प्रालि सिल गरिदैं।

    चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा अबैधानिक रुपमा सञ्चालित एक डेन्टल क्लिनिक सिल गरिएको छ। पटक–पटक अनुगमन गर्दा पनि मापदण्ड पूरा नगरेको तथा आवश्यक पक्रिया पूरा नगरी अबैधानिक रुपमा दिक्तेलबजारको सिंचाई गेट नजिक सञ्चालित न्यु हलेसी डेण्टल क्लिनिक प्रालि सिल गरिएको हो।

    सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकास शाहको नेतृत्वमा आईतबार अपरान्ह अनुगमन गर्दा वेदनारायण साह तेलीले सञ्चालन गरेको डेन्टलले आधारभूत स्तरकै मापदण्ड पूरा नगरेको र ईजाजत बिनाको काम गरेको पाईएपछि डेन्टल सिल गरिएको अनुगमन टोलीले जनाएको छ।
    दाँत स्कृनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको वेदनारायणले जबर्जस्त रुपमा जोखिम मोल्दै दन्त डाक्टरले गर्ने सम्पूर्ण उपचार नै गरेको पाईएपछि त्यसो नगर्न र दन्त चिकित्सक राखेर डेण्टल चलाउन ९ साउनमा सहायक प्रमुख जिल्ला अधिकारीकै अनुगमन टोलीले अन्तिम चेतावनी दिएको थियो। तर, आज अनुगमन गर्दा डेन्टल क्लिनिक पहिलाको जस्तै पाईएको थियो।

    अबैधानिक रुपमा चलाएको वेदनारायणको डेण्टल र उनकै नाममा रहेको ॐ हलेसी मेडिकेयर क्लिनिकलाई औषधि व्यवस्था विभागले २३ चैतमा सिल गरिदिएको थियो। बिना ज्ञान, बिना स्वीकृति वेदनारायणले दाँतको आरसीटी गर्दै सेवाग्राहीबाट मोटो रकम असुलेको पनि पाईएको छ। वेदनारायणले सञ्चालन गरेको डेन्टलमा दन्त चिकित्सक नभएको, डेन्टल एक्सरे र चियर एकै ठाउँ भएको, डेन्टल चियर काम नलाग्ने भएको, हात धुने वेसन नभएको, डेन्टल क्लिनिकको भवन मापदण्ड अनुसार नभएको पाईएको छ।
    वेदनारायणले सञ्चालन गरेको ॐ हलेसी मेडिकेयर क्लिनिकलाई पनि स्वास्थ्य कार्यालय खोटाङबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न चेतावनी दिईएको छ। फार्मेसी पढेकाले मात्रै औषधि विक्री गर्न पाउने जान्दाजान्दै उक्त क्लिनिकले फर्मासिष्ट वा फार्मेसी सहायक बिनानै औषधि विक्री गर्छन्। वेदनारायण र उनको श्रीमतीले औषधि विक्री गर्ने गरेका छन्।

    यहि क्लिनिकले अबैध रुपमा महिलाहरुको भिडियो एक्सरे गरेको पनि अघिल्लो अनुगमनमा फेला परेको थियो। आज अनुगमनमा जाँदा भिडियो एक्सरे मेशिन भने भेटिएन। वेदनारायणले गरेको अबैध भिडियो एक्सरेको विषयलाई लिएर राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले चासो देखाएको थियो।
    आयोगले प्रकाशित समाचारको(कटिङ/प्रिण्ट)सहित जिल्ला प्रशासन कार्यालयलाई समाचार सम्बन्धमा के कसो हो ? दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य सेवाहरु के कति रहेको छ ? स्वास्थ्य संस्थाहरुले कानूनी मापदण्ड पुरा गरेको छ/छैन ? उक्त समाचार बमोजिम कार्य भए/गरेको भए त्यहाँ कार्यालयबाट सो को कानूनी कारवाही प्रक्रिया के, कुन अवस्थामा रहेको छ ? भन्दै यथासिघ्र सत्यतथ्य विवरण उपलब्ध गराईदिन भनि २६ साउनमा पत्रचार नै गरेको थियो।

    अनुगमनकै क्रममा न्यु हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सुना फार्मेसीले राख्नै नमिल्ने रेबिज भ्याक्सिन राख्ने गरेको भेटिएको छ। चिकित्सकको प्रेस्क्रीप्सन बिना चलाउनै नपाईने रेबिज भ्याक्सिन राख्नै नहुँने डोमेस्टिक फ्रिजमा राखेको पाईएको छ।अनुगमनमा पुगेका चिकित्सकले रेबिज भ्याक्सिन किन राखेको? कसले चलाउने ? भनेर न्यु हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सुना फार्मेसी सञ्चालक महेश प्रसाद शाहलाई प्रश्न गर्दा सञ्चालक शाहले जवाफ दिन सकेन। आफूलाई थाहै नभएको बताए। सोही क्लिनिकमा म्याद नागेको मुटुको औषधिहरु पनि भेटिएको छ। दिक्तेलबजारका क्लिनिक तथा फार्मेसी सञ्चालकहरु नै मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै औषधि विक्री वितरण गरिरहेका छन्। यसले स्वास्थ्य क्षेत्र जोखिम देखिएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीमा स्वास्थ्य कार्यालय प्रमुख पुन्यप्रसाद सिग्देल, जिल्ला अस्पतालका मेडिकल अधिकृत पुस्कल राई, स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाँई, घरेलु तथा साना उधोगका प्रमुख भेषराज खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी लगायत सहभागी थिए।
    फर्मासिष्ट बिना औषधि विक्री
    औषधि ऐन २०३५ को दफा १७ मा औषधि बिक्रीवितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ। तर, दिक्तेलबजारका क्लिनिक र फार्मेसीमा फर्मासिष्ट वा फार्मेसी सहायक नै छैेनन्।
    फर्मासिष्ट वा फार्मेसी सहायकको कागजात मात्रै भेटिन्छन्। औषधिहरु क्लिनिक र फार्मेसी धनीले बेच्ने गरेका छन्। क्लिनिक र फार्मेसी सञ्चालकले जथाभावी औषधि विक्री गर्दा ज्यानै जोखिममा पर्ने अनुगमन टोलीमा रहेका एकजना स्वास्थ्यकर्मीले बताउनुभयो। अर्को पटक अनुगमनमा जाँदा क्लिनिक तथा फार्मेसीमा कागजपत्र अनुसारको फर्मासिष्ट वा फार्मेसी सहायक नभेटिएमा पसल सिल गरिने जनाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology