समायोजन खबर खोटाङ,मंंगोल नेशनल अर्गनाईजेशन–डा गोपाल गुरुङ नेतृत्वले टायर बालेर बिरोध प्रदर्शन गरेको छ।
गोरु काटेर भोज खाएको भन्दै पक्राउ परेकालाई बिना शर्त रिहाई नगरेको भन्दै आईतबार साँझ ६ बजेपछि दिक्तेलस्थित रत्नपार्क(जिरोप्वइन्ट)मा टायर बालेर विरोध प्रदर्शन गरेको हो।
टायर बालेर आन्दोलनकारीहरुले संस्कृति बन्दीहरुलाई बिना शर्त रिहाई गर, संस्कृति दमन बन्द गर, अर्राष्ट्रिय जनावर गाई खारेज गर, सम्पूर्ण मूलबासी मंगोल एक हौ, संघीय लोकतन्त्र विरोधी होसियार, धर्म निरपेक्षवादी एक हौ, धर्म निरपेक्षवादी होसियार, सभ्यता विरोधी कोशी नाम खारेज गर लगायतका नारा लगाएका थिए।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा ८ असोजमा गोरु काटेर भोज खाएको भन्दै प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेंसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई ९ असोजमा पक्राउ गरेको थियो।
पक्राउ परेकालाई प्रहरी प्रशासनले चाँडै रिहाई हुने आश्वसन देखाएर अझै रिहाई नगरी, बेवास्ता गरेकाले टायर बालेर बिरोध प्रदर्शन गरिएको मंंगोल नेशनल अर्गनाईजेशन–डा गोपाल गुरुङ नेतृत्वको केन्द्रीय सदस्य आरएन मंगोल राईले बताए।
राई अनुसार भोलीबाट कोशी र बागमति प्रदेशको विभिन्न जिल्लामा आन्दोलन हुनेछ। अझै पनि रिहाई नगरे मधेश र गण्डकी प्रदेशमा आन्दोलन गर्ने र हिसात्मक आन्दोलनमा उत्रेर नेपाल बन्द गर्ने जानकारी दिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology