चिसाङ शेर्पा खोटाङ, कोशी प्रदेशका स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले जिल्ला अस्पताल खोटाङमा कार्यरत डाक्टरको सरुवा गराएका छन्। ४ असोजमा जिल्ला अस्पतालको अनुगमन तथा निरीक्षण गरी अस्पतालको समस्या बुझेर फर्केका मन्त्रीले छात्रबृत्ति करारका मेडिकल अधिकृत एमबिबिएस(आठौ) गौतम मण्डललाई जिल्ला अस्पताल तेह्रथुम सरुवा गराएका हुन्।
अस्पतालमा जनशक्ति अभाव भएर समस्या नै समस्या भईरहंदा मन्त्री मेन्याङ्बोले भने उल्टै यहाँ कार्यरत डाक्टरलाई सरुवा गराएका हुन्। गौतम गएसँगै अब अस्पतालमा छात्रबृत्ति करारका एमडीजीपी चतुरानन्द यादव, एमबिबिएस मेडिकल अधिकृत पुस्कल राई, सिदार्थ शाह, अर्जुन खतिवडा(डेन्टलतर्फ) र निकसाइमनबाट सुनिल कुमार शाह मात्रै अस्पतालमा हुनेछन्।
२०४८ सालमा १५ शैयाबाट सुरु भएको अस्पतालमा अहिले ५० शैयाँको अस्पतालमा भन्दा बढी विरामीको चाप हुने गरेको छ। गौतमसहित नै सेवा दिंदा पनि हम्मेहम्मे परिरहेको बेला मन्त्रीले भने डाक्टर नै सरुवा गराएका हुन्।
२०७९ माघ २७ गतेको सचिवस्तरको निर्णयानुसार जिल्ला अस्पताल खोटाङमा कामकाजमा खटेका मेडिकल अधिकृत मण्डललाई असोज ८ गतेको सचिवस्तरको निर्णय अनुसार ७ महिनामै जिल्ला अस्पताल तेह्रथुम सरुवा गराईएको हो।
मन्त्री मेन्याङ्बोले अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षलाई आज(बुधबार)फोन गरेर दबाब दिंदै मेडिकल अधिकृत मण्डललाई तुरुन्त रमाना दिन दबाब दिएको बुझिएको छ। अध्यक्ष राईले भने यहि सरुवा र समसामयिक विषयमा शुक्रबार बैठक डाकेका छन्। बैठकले जे निर्णय गर्छ त्यही अनुसार हुन्छ। राईले भने, बैठकले रमाना दिउ भन्छ भने दिन्छौ, नदिने भने दिदैनौ। यहाँ चिकित्सक अभावमा अहिले कतै पठाउन सकिन्न।
मेडिकल अधिकृत मण्डलले सरुवाका लागि मन्त्रीसामू निवेदन दिएको र मन्त्रीको निर्देशनमा सरुवा गराईएको कोशी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव सुधा देवकोटाले बताईन्। डाक्टरले म त्यहाँ काम गर्न सक्दिन भनेर निवेदन दिएपछि सरुवा गरिएको हो । देवकोटाले भनिन्।
अनुभवी र राम्रो डाक्टर पठाउने सल्लाह गरेर सरुवा गरिएको मन्त्री मेन्याङबोले बताउँछन्। अर्को डाक्टर को पठाउनुहुन्छ भन्ने प्रश्न गर्दा, मन्त्री मेन्याङ्बोले “को डाक्टर पठाउने भनेर सोध्ने हैन के, केही राम्रो डाक्टर पठाउँछौ भनेपछि सकियो नि त।” भनेका छन्।
कहिलेसम्म डाक्टर पठाउनु हुन्छ भने प्रतिप्रश्न गर्दा, पुनः मन्त्री मेन्याङ्बोले, “तिथिमिति तपाईहरुलाई भन्ने हैन के, तिथिमिति कतिखेर हुन्छ, के हुन्छ तपाई सबै सोध्ने ? डाक्टर पठाई दिने भनेपछि सिद्धिगो नि त,कस्तो कुरा गर्नुहुन्छ यार।” मन्त्रीले भने।
त्यहाँ अहिले नै सरुवा गरेकोसहित ६ जना छन् । अर्को थप्दा ७ जना हुने भो। अरु कतिपय जिल्ला अस्पतालहरुमा दुईजना,तीनजना डाक्टर छन्। त्यसकारण त्यहाँ पनि ६ जनाभन्दा बढी संम्भव हुदैन।
त्यसकारण अलिक राम्रो डाक्टर पठाई दिउँ भन्ने हो। स्थायी पनि नभएकाले समस्या पनि भएको छ। सकेसम्म स्थायी डाक्टर पठाउन कोशिष गर्छौै। त्यहाँको एकजना जुनियरलाई अन्त पठाउँ र एकजना सिनियर, त्यसमा पनि भयो भने स्थायी नै पठाई दिउ भनेर सकारात्मक सोचका साथ सरुवा गरिएको हो। मन्त्री मेन्याङ्बोले भने।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology