समायोजन खबर खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले फरार दुई जना अभियुक्तलाई पक्राउ गरेको छ।
प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २६ वर्षीय टेक बहादुर बिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३३ वर्षीय मिलन बाँनियालाई पक्राउ गरेको हो।
लागु औषध गाँजा मुद्दामा २०७९ चैत २ गते जिल्ला अदालतबाट १० महिना २६ दिन कैद र ५ हजार जरिवाना ठहर भई फरार रहेका बिकलाई गत बुधबार अपरान्ह अन्दाजी ४ बजे महादेवस्थानबाट पक्राउ गरी बिहीबार जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानीका लागि जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सूचना अधिकारी बेनु कार्कीले जानकारी दिए।
हातहतियार खरखजना(भरुवा बन्दुक) मुद्दामा २०७९ जेठ २६ गते जिल्ला अदालतबाट ३ महिना २३ दिन र ३ हजार ३३५ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका बाँनियालाई गत सोमबार पाथेकाबाटै पक्राउ गरी मंगलबार कारागार चलान गरिएको छ।
यस्तै,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामका ६१ वर्षीय भिम प्रसाद राई बारुद लोड गरी राखेको भरुवा बन्दुक नाल १ थान सहित पक्राउ परेका छन। गत शुक्रबार पाथेकाबाटै पक्राउ परेका राईलाई सोही दिनबाट लागू हुने गरी हातहतियार खरखजना(भरुवा बन्दुक) कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology