• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फेसबुकमा डिएसपी विरुद्ध जथाभावि लेखेको भन्दै पक्राउ परेका राई रिहा

फेसबुकमा डिएसपी विरुद्ध जथाभावि लेखेको भन्दै पक्राउ परेका राई रिहा


समायोजन खबर
  • सोमबार, असोज ८ २०८०

  • दीपक राई

    समायोजन खबर खोटाङ, खोटाङका डिएसपी पुरुषोत्तम खड्का विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा जथाभावि लेखेको भन्दै पक्राउ परेका किरात राई विधार्थी संघ खोटाङका पूर्वअध्यक्ष खाल्लेका दीपक राई रिहा भएका छन्।

    सोमबार बिहान पक्राउ परेका राईलाई सम्झाई बुझाई आगामी दिनमा यस्तो नगर्ने शर्तमा आजै सकुशल छोडिएको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताए। राईलाई वडाध्यक्ष खगेन्द्र राईको जिम्मामा छोडिएको हो।

    पक्राउ परेका राई बिना शर्त रिहा भएको खाल्लेका वडाध्यक्ष राईले पनि पुष्टि गरे। गत बिहीबार कोशी प्रदेशका खानेपानी, सिंचाई, उर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङवोलाई जिल्ला अस्पताल गेटमा पहिचान पक्षधरले कालो झण्डा देखाउने क्रममा प्रनाउ खड्काबाट बल प्रयोग भएको भन्दै राईले सामाजिक सञ्जालमा डिएसपी विरुद्ध लेखेका थिए।

    राईको पक्राउलाई लिएर किरात राई यायोक्खा खोटाङका अध्यक्ष तथा प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरातले बिनाशर्त तत्काल रिहाई गर्न माग गरेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology