समायोजन खबर खोटाङ, खोटाङलाई कार्यक्षेत्र बनाएर डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार दमन राई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

प्रेस काउन्सिल नेपालको ५४ औं वार्षिक उत्सवका अवसरमा शुक्रबार शितल निवास काठमाण्डौमा राईले एक लाख दश हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।
काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा स्थापना गरिएको पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार राईलाई वितरण गर्नुभएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा जन्मिएर डेढ दशकदेखि रेडियो, छापा, टिभी, अनलाईनसहितका सञ्चारमाध्यममा सक्रिय पत्रकार राई खोटाङबाट सञ्चालित नेपालवाइड डटकम अनलाइनका समाचार सम्पादक हुन् ।

काउन्सिलले सुरेन्द्रबहादुर बस्नेतसहित गोपालदास, सशक्त सञ्चारकर्मी, आचारसंहितालगायत पुरस्कार प्रदान गरेको छ। पत्रकारितामा लामो समयदेखि योगदान पु¥याएका विभिन्न पत्रकारलाई सम्मान पनि गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology