चिसाङ शेर्पा खोटाङ, खोटाङ जिल्ला अस्पतालको समस्याका वारेमा संघीय स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतसामू नै जानकारी पुगेको छ। अस्पतालमा स्थायी डाक्टर र उपकरण अभावले पारेको समस्याका वारेमा मन्त्री बस्नेतसामू जानकारी पुगेको हो।
अस्पतालको समस्यालाई लिएर बुधबार प्रतिनिधिसभा सदस्य सरस्वती वजिमय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर एवंम् अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य तीर्थराज भट्टराई मन्त्रीलाई भेट गर्न पुगेका थिए।
अस्पतालको समस्या लिएर स्वास्थ्यमन्त्रीको कार्यकक्षमा पुगेका प्रतिनिधिसभा सदस्य सरस्वती वजिमय र मेयर तीर्थराज भट्टराई।
भेटघाटमा मन्त्रीलाई समस्या राख्दा अस्पतालको समस्या तत्काल समाधान गर्ने र आवश्यक केही उपकरण केही समयपछि उपलब्ध गराउने मन्त्री बस्नेतले प्रतिबद्धता जनाउनुभएको मेयर भट्टराईले बताए।
जिल्ला अस्पतालको समस्यालाई नै लिएर बिहीबार कोशी प्रदेश ‘ख’ का सदस्य भुपेन्द्र राई पनि स्वास्थ्य मन्त्रीसामू पुगेका छन्। अस्पतालको समस्या राखेपछि मन्त्री बस्नेतले अस्पतालको केही समस्या तत्कालै र केही समस्या महिना दिनभित्र पूरा गर्ने बचन दिनुभएको कोशी प्रदेशसभा सदस्य राईले बताए।
अस्पतालको समस्या लिएर स्वास्थ्यमन्त्रीको कार्यकक्षमा पुगेका कोशी प्रदेशसभा सदस्य भुपेन्द्र राई।
यो पनि पढ्नुहोस, जिल्ला अस्पताल खोटाङमा सुगरका विरामीलाई बिहान ८ बजेबाटै सेवा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology