समायोजन खबर खोटाङ, महिला उद्यमी संघ खोटाङले एक महिने हस्तकला बाँसको तालिम दिएपछि पुरुषहरुले गर्ने काम गर्न महिलाहरुले सिक्न थालेका छन्। संघले गएको भदौ १० गतेदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ वडा कार्यालयमा तालिम दिएपछि गाउँघरमा पुरुषहरुले गर्दै आएको कामलाई महिलाहरुले सिक्न थालेका हुन्।
असोज १० गते समापन हुने तालिममा दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका एकजना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चार जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका २५ जनागरी ३० जना महिलाहरुको सहभागिता छ। अहिले महिलाहरु हातमा खुकुरी, कर्द लिएर बाँसको चोया काढ्दै, खिप्दै चोयाबाट आर्कषक सामानहरु बुनिरहेका छन्।
तालिममा पेनकेश, फूलदानी, डुङगा बास्केट, डस्टविन र ¥याक बनाउन सिकाई रहेको छ । तालिममा सहभागी महिलाहरुलाई १५ दिनसम्म प्रशिक्षक सर्मिला लामाले चोया काँढ्न, खिप्न र सामानहरु बुन्न सिकाएकी थिईन्। लामाले सिकाएका सहभागीमध्येकी उत्कृष्ट बाम्राङका प्रेलिना राईलाई सह–प्रशिक्षक तोकेर लामा(२४ भदौमा)काठमाण्डौ फर्कीइन्।
बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चलिरहेको तालिमका सहभागीहरुलाई सह–प्रशिक्षक राईले सिकाईरहनु भएको छ । तालिममा आवश्यक पर्ने बाँस र औजारहरु आयोजकले व्यवस्थापन गरिदिएको छ।
तालिमबाट बुनेर तयार गरिएको पेनकेस, फूलादनी, डुङगा बास्केट, डस्टविन र -याकको बजारीकरणका लागि संघले दिक्तेल रत्नपार्कमा अवस्थित सपिङ कम्प्लेक्सको एउटा सटरमा कोसेली घर राखेर विक्री गरिने महिला उद्यमी संघका कोषाध्यक्ष सन्जु खत्री बस्नेतले बताईन्। तयार भएका धेरै सामानहरु त महिला उद्यमी महासंघले नै लैजाने गरेका छन्। बाँकी रहेका सामानहरु कोसेली घरबाट विक्री गर्छौ। कोषाध्यक्ष बस्नेतले भनिन्।
छोरा मान्छेको काम भन्दै नगरी बसेका थियौ। तर, गर्दा त हामी महिलाले पनि गर्न सक्ने रहेछौ। तालिममा सहभागी बाम्राङकी रोजिना रिजालले भनिन्। अब, घरमा फुर्सद हुँदा यही काम गर्छौ, सामान बुनेर महिला उद्यमी संघमा दिन्छौ र पैसा लिन्छौ। तालिमले महिलाहरुको जीविकोपार्जनमा मनग्गे टेवा पुग्ने सहभागीहरुले बताएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology