• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकाको प्रवक्तामा जीवन खत्री

साकेला गाउँपालिकाको प्रवक्तामा जीवन खत्री


समायोजन खबर
  • मंगलबार, भाद्र १९ २०८०

  • साकेला गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष जीवन खत्री।

    समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकाले वडा नम्बर ५ का वडाध्यक्ष जीवन खत्रीलाई प्रवक्ता तोकेको छ। लामो समयसम्म गाउँपालिकामा प्रवक्ता नतोकिएको गाउँपालिकामा गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको वैठकले खत्रीलाई प्रवक्ता तोकेको हो।

    गाउँपालिकाबाट सम्पादन भएका गतिविधि र महत्वपूर्ण वैठकका निर्णयहरु आधिकारिक रुपमा जनतामा विश्वसनीय तवरबाट छिटो र छरितो रुपमा पुर्याउने उद्देश्यका साथ खत्रीलाई प्रवक्ता तोकिएको गाउँपालिका अध्यक्ष राईले बताए। पालिकाको तर्फबाट प्रवक्ता नियुक्ति गरिएको भए पनि थप सेवा तथा सुविधा भने प्रवक्तालाई उपलब्ध नहुने अध्यक्ष राईले बताए।

    सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३५ बमोजिम कार्यालयको काम कार्वाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन पालिकाले प्रवक्ता तोकेको हो।
    प्रवक्ता तोकिनुभएका खत्री स्थानीय तहको दोश्रो निर्वाचनमा साकेला गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा नेपाली काँग्रेस पार्टीबाट निर्वाचित बन्नुभएको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology