चिसाङ शेर्पा खोटाङ, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले जिल्ला अस्पतालको समस्याका बारेमा स्थलगत अनुगमन सुरु गरेको छ। सोमबार आयोगका प्रमुख उपसचिव गीता कुमारी दाहालले बिरामी तथा सेवाग्राही र अस्पतालमा कार्यरत चिकित्ससँग भेटेर अस्पतालको अनुगमन सुरु गर्नुभएको हो।
अस्पतालको सेवा तथा सुविधाका बारेमा राम्रा तथा नराम्रा समाचार सञ्चारमाध्यममा लगातार प्रकाशित भएपछि समाचारमा भएजस्तै हो त ? भनेर मंगलबार(आज)देखि अनुगमन गरिएको आयोगका प्रमुख उपसचिव दाहालले बताउनुभयो। अनुगमन गर्दा समाचारमा आएजस्तै समस्या भेटियो । समस्याको चाङ अस्पतालमा देखियो।
अस्पताल अति संबेदनशील ठाउँ भएकाले गम्भीर रुपमा लिएर अनुगमन र अनुसन्धानको प्रेसेस सुरु गरेका छौ। अनुगमन तथा अनुसन्धान, पत्रचार लगायत सम्पूर्ण प्रक्रिया पूरा गरेर फायल तयार गरी आयोगको केन्द्रीय कार्यालय पठाउँछौ। फायल अध्ययन गरेर सरकारलाई निर्देशन गर्ने र अस्पतालका बारेमा सत्यतथ्य प्रेस रिलिजमाफर्त सार्वजनिक गर्ने काम केन्द्रीय कार्यालयले गर्नेछ। दाहालले भन्नुभयो।
अनुगमनपछि तत्काल अस्पताल सञ्चालन व्यवस्थापन समिति अध्यक्ष सन बहादुर राईलाई फोन गरेर वास्तविक समस्या भएको जानकारी गराउँदै सुधार गर्नलाई सुझाव दिईएको उहाँको भनाई छ। अस्पताल सञ्चालन व्यवस्थापन समिति अध्यक्ष राई हाल राजधानीमा छन्।
अस्पतालकै विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई सम्पर्क गर्दा उहाँको फोन अफ रहेको दाहालले बताउनुभयो। ७ भदौमा जिल्ला अस्पताल खोटाङको सेवालाई लिएर चौतर्फी आलोचना भएपछि समायोजन खबर डटकमले अस्पतालको यथार्थ समाचार श्रृङखलाबद्ध बाहिर ल्याईरहेको छ।
यो पनि, खोटाङ जिल्ला अस्पतालमा अत्यास लाग्दो भिड,संरचना अभावै अभाव
सम्बन्धित समाचार, करारका कर्मचारीले धानेको खोटाङ जिल्ला अस्पताल
यो पनि पढ्नुहोस, जिल्ला अस्पताल खोटाङको सेवालाई लिएर चौतर्फी आलोचना
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology