• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

महालेखापरीक्षकको टोली खोटाङमा,ऐसेलुखर्क गाउँपालिकामा लेखापरीक्षण सुरु

महालेखापरीक्षकको टोली खोटाङमा,ऐसेलुखर्क गाउँपालिकामा लेखापरीक्षण सुरु


समायोजन खबर
  • सोमबार, भाद्र ११ २०८०

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, आर्थिक वर्ष २०७९/२०८० को लेखापरीक्षण गर्न महालेखापरीक्षकको टोली खोटाङ आईपुगेको छ। संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका कार्यालयमा भएको आयव्यायको लेखापरीक्षण गर्न दुई टोली खोटाङ आईपुगेका हुन्।

    महालेखापरीक्षकको कार्यालयका निर्देशकद्धय कल्पना अर्याल र यज्ञ वस्तीको टोली शनिबार राती दिक्तेल आएर आईतबार जिल्लाका कार्यालय प्रमुख र लेखा अधिकृतसँग छलफल गरेका छन्।

    निर्देशक अर्याल र वस्तीसँग २/२ जना अधिकृत र १/१ जना सुब्बा छन्। अर्यालको टोलीले आज(सोमबार)देखि ऐसेलुखर्क गाउँपालिकाको लेखापरीक्षण सुरु गरेको छ। न्युनतम तीन दिनमा एक स्थानीय तहको लेखापरीक्षण सकिने जनाईएको छ।
    अर्यालको टोलीले ऐसेलुखर्कसहित रावाबेशी गाउँपालिका, केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाको लेखापरीक्षण गर्नेछन्।

    निर्देशक वस्तीको टोलीले दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लेखापरीक्षण गर्नेछन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट लेखापरीक्षण सुरु गरिने वस्तीले बताए।

    खासगरी स्थानीय तह, धेरै खर्च भएको कार्यालय, बेरुजु धेरै आएका कार्यालयमा लेखापरीक्षण गरिने छ। साना कार्यालयहरुमा भने आलेपको रिपोर्ट अनुसार हेर्नुपर्ने भए हेर्न नत्र नहेरिने महालेखापरीक्षक कार्यालयका निर्देशक अर्यालको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology