समायोजन खबर खोटाङ,नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका व्यक्ति हुन् नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री सर्वधन राई।
हालका पार्टी सभापति विष्णुकुमार राईसँग सभापतिमा पराजित भएका राईसँग अधिवेशन सकिएको एक वर्ष आठ महिना(२०७८ मंसिर ११ गते शनिबार अधिवेशनको अन्तिम नतिजा प्राप्त)पछि समायोजन खबर डटकमले समसामयिक विषयमा कुराकानी गरेको छ।
चुनावपछि कांग्रेस पार्टी कोमामै पुगेको हो?
कोमामा पुगेको हैन । चुनावमा धेरै खटेका हुँदा बिसाएको मात्र हो जस्तो लाग्छ।
कांग्रेस किन मौन? कि अधिवेशन र चुनावमा मात्रै जाग्छ कांग्रेस ?
कहाँ मौन बसको छ र ? एकआपसमा यत्रो कोलाहल देख्नु, सुन्न भएको छैन ? अधिवेशन र चुनावमा पद लिनुपर्यो नि त्यसको लागी जाग्नु परेन ?
छिन्नभिन्न होकि हैन कांग्रेस ?
त्यस्तो देखिन्छ, अब छिन्नभिन्नलाई गाँसेर एऊटै माला बनाउनु पर्छ।
किन चारतिर फर्किन्छ कांग्रेस ?
कांग्रेस पार्टी यो मुलुकको राजनीतिक रूपमा अभिभावकको भूमिका निर्बाहा गर्ने पार्टी हो। तसर्थ। चारतिर फर्किदै अन्य दल सबैलाई मिलाउन परेनत्।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कार्यशैलीलाई कसरी हेर्नु भएको छ?
यस बारेमा हाल टिप्पणी गर्दिन।
अनि तपाई चाँहि अधिवेशन र चुनावमा मात्रै जिल्ला प्रवेश गर्नुहुने हो?
निरन्तर जिल्ला बस्ने पटक–पटक कोशिश गरिरहेको छु।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology