समायोजन खबर खोटाङ, किरात राई कर्मचारी मञ्च जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा इरन राई सर्वसम्मत चयन भएकी छन्। शनिबार सम्पन्न मञ्चको पाँचौ सम्मेलनबाट राईको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ।
उपाध्यक्षमा मुगाधन राई, सचिवमा अदित राई, सह–सचिवमा सुवास राई, कोषाध्यक्षमा उषाकला राई छन्। सदस्यहरुमा निशान राई, कुशन राई, नरेन्द्र राई, देविका राई, नमि राई तथा राजकुमार राई रहेका छन्।
राजकुमार राई, उपेन्द्र राई, विनोद राई, रेखा राई र इरन राई केन्द्रीय प्रतिनिधि चुनिएका छन्।
किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन राईको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई र किरात राई कर्मचारी मञ्चका केन्द्रीय सचिव तथा नेपाल सरकारका उपसचिव कोपिला राईको उपस्थिति थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology