• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साउने सोमबार ५ हजार ८२९ जना भक्तजनले गरे हलेशी दर्शन

साउने सोमबार ५ हजार ८२९ जना भक्तजनले गरे हलेशी दर्शन


समायोजन खबर
  • सोमबार, साउन १ २०८०

  • समायोजन खबर खोटाङ, साउनको पहिलो सोमबार ५ हजार ८२९ जना भक्तजनले हलेसी मन्दिर दर्शन तथा विशेष पूजा गरेका छन्।
    दर्शनार्थीका लागि बिहान ४ बजेदेखि हलेसी मन्दिर खुल्ला गरिएको थियो । मन्दिर दर्शन, पूजाआजा, जल चढाउन बिहान ४ बजेदेखि बिहान १० बजेसम्म भक्तजन र व्रतालुको लाईन थियो।

    भक्तजन र व्रतालुलाई मन्दिर दर्शनमा सहजता दिलाउन १२ जना स्वयंम्सेवक व्यवस्थापन गर्दा पनि लाइन मिलाउन हम्मेहम्मे भएको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले बताए।
    राईका अनुसार हलेसी दर्शनमा करीव ७० प्रतिशत भारतबाट दर्शनार्थी आएका थिए । भारतसहित हलेसीभन्दा बाहिरबाट आएकालाई दर्शनमा प्राथमिकता दिईएको थियो। साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्ने गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology