• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अनाधिकृत रुपमा खोलिएका फेसबुक पेज र ग्रुप डिलिट गर्न आग्रह

अनाधिकृत रुपमा खोलिएका फेसबुक पेज र ग्रुप डिलिट गर्न आग्रह


समायोजन खबर
  • बिहिबार, असार २८ २०८०

  • समायोजन खबर खोटाङ,खोटाङको ऐसेलुखर्क गाउँपालिकाले गाउँपालिकाको नाम राखेर अनाधिकृत रुपमा खोलिएका विभिन्न फेसबुक पेज र ग्रुपहरु तत्काल डिलिट गर्न आग्रह गरेको छ।

    गाउँपालिकाको आधिकारिक फेसबुक पेज(ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय) बाहेक अन्य व्यक्तिहरुबाट गाउँपालिकाको नाममा फेसबुक पेज र ग्रुपहरु खोलिएको पाईएकाले ति पेज र ग्रुपहरु तत्काल डिलिट गर्न बिहीबार सूचना जारी गरेर आग्रह गरेको हो।
    गाउँपालिकाको नाम राखेर खोलिएका फेसबुक पेज तथा ग्रुपहरुबाट अनाधिकृत सूचना र अश्लिल किसिमका पोष्टहरु सार्वजनिक गर्ने गरेको जानकारी आएकाले त्यस्ता पेज र ग्रुपहरु तत्काल डिलिट गर्न सरोकारवाला सबैलाई आग्रह गरिएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राईले बताउनुभयो।

    राईका अनुसार गाउँपालिकाको आग्रहलाई बेवास्ता गरी अब त्यस्ता पेज र ग्रुपहरुबाट कुनै पनि किसिमको सूचना पोष्ट गरेमा प्रचलित कानुन बमोजिम कडा कारवाही अगाडी बढाइनेछ।‘गाउँपालिकाको नाम गरेर खोलेको फेसबुक पेज र ग्रुपमा कतिपयले अश्लिल फोटो समेत हालेको पाईयो। त्यस्ता सामाग्री म समक्ष आईपुगेको छ। अब हामी यस्ता अराजक र अनैतिक काम गर्ने विरुद्ध कानुनी रुपमा अघि बढ्छौ।’ अध्यक्ष राईले भन्नुभयो।

    जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाले नागरिकलाई सूचना प्रवाहमा सहजताका लागि आधिकारिक फेसबुक तथा फेसबुक पेज सञ्चालन गरिरहेका छन्। अन्य स्थानीय तहको नामगरी अनाधिकृत फेसबुक पेज तथा ग्रुपहरु पनि सञ्चालन भईरहेको पाईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology