समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि पुनः एकीकरण परियोजना(रेमी)सुरु भएको छ।
हेल्भेटासको सहयोगमा सुरु भएको परियोजनाले बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा नगरपालिका भित्रका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग कार्यशाला गोष्ठी गरेको छ।
गोष्ठीमा परियोजनाले सामाजिक पुनः एकिकरण सम्बन्धी क्रियाकलाप, आर्थिक पुनः एकिकरण सम्बन्धि क्रियाकलाप, पुनःएकिकरण संयन्त्र एवम् प्रणालीको विकास सम्बन्धि क्रियाकलाप र थप अतिरिक्त क्रियाकलाप गर्ने जानकारी गराईएको थियो। 
रेमीले बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई स्वदेशभित्र सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवनमा सक्रिय रुपमा सहभागी गराई पुनः स्थापित गराउने लक्ष्य राखेको रेमीका कोशी प्रदेश कार्यक्रम अधिकृत रिता विश्वासले बताईन्।
यस परियोजनाका लागि दिक्तेल रुपाकोट मझुवागढीमा परियोजनाका ४ जना कर्मचारी रहेका छन् । रेमी कार्यक्रमले विदेशबाट घर फर्केर काम गर्न चाहाने व्यक्ति, स्वरोजगार बन्न चाहाने व्यक्ति, विदेशबाट फर्किएकालाई अनुदान, लोन दिने सम्बन्धित निकायसम्म समन्वय गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका रेमी कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए । आचार्यका अनुसार विदेशबाट फर्के व्यक्तिलाई मनोसामाजिक परामर्श र वित्तिय साक्षरता शिक्षा दिने तथा कमाएर ल्याएको धनको सदुपयोग गर्ने उपाय दिने काम गर्छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित कोशी प्रदेशका १० स्थानीय तहमा रेमी परियोजना सुरु भएको छ। मधेश प्रदेशका १० वटा स्थानीय तहमा पनि यो परियोजना सञ्चालन भएको छ। परियोजना २०८३ सालसम्म रहने जनाईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology