• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुईचुम्मा गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा

दिप्रुङ चुईचुम्मा गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा


समायोजन खबर
  • बिहिबार, असार २१ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ।

    चालू आर्थिक वर्षको हालसम्म जन्मेदेखि १५ महिना पुगेका २९० जना र १६ महिनादेखि २३ महिनासम्मका १४३ बालबालिकाले लगाउनु पर्ने १३ किसिमका सबै खोप लगाई सकेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो।
    बिहीबार गाउँपालिकाको सभाहलमा जिल्ला समन्वय समिति प्रमुख एवंम् पूर्ण खोप समन्वय समिति संयोजक सन बहादुर राई, गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, उपाध्यक्ष अरणादेबी राई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई, स्वास्थ्य संयोजक मुस्ताक अहमद मंसुरी लगायतले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन्।

    पूर्ण खोप निर्देशिका २०७७ अनुसार सबै प्रक्रिया पुरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा गर्न स्वास्थ्य कार्यालयले अनुमति दिएपछि पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देलले बताए।
    सिग्देलका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकासँगै जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ। २३ असारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा सभा दिक्तेलमा गरिनेछ।
    जिल्लाभर ५ वर्षमूनिका १६ हजार ५०५ जना बालबालिकाले पूर्ण खोप पाएको सिग्देलले जानकारी दिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology