• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फेदीमा दुई लाख बोट चियाको विरुवा रोप्न सुरु

फेदीमा दुई लाख बोट चियाको विरुवा रोप्न सुरु


समायोजन खबर
  • बुधबार, असार २० २०८०

  • चियाको विरुवा रोप्दै अनुगमनमा पुगेका केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई लगायत।

    समायोजन खबर खोटाङ, चिया खेती कार्यक्रम अन्तर्गत खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीमा चियाको विरुवा रोप्न सुरु गरिएको छ।

    जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाले दुई लाख बोट चियाको विरुवा उपलब्ध गराएपछि सोमबारदेखी चियाको विरुवा रोप्न सुरु गरिएको हो।
    फेदीको तालखर्क, डाँडाखर्क, बर्खे सुम्देमा प्राविधिकको सहयोगमा फेदी चिया कृषक समुह र छ्यामसुने चिया कृषक समूहले चियाको विरुवा रोपिरहेको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए।
    सामुदायिक जंगल तथा व्यक्तिहरुको जमिनमा चियाको विरुवा रोपिएको हो। यहाँ गत साल गाउँपालिकाको सहयोगमा २८ हजार चियाको विरुवा रोपिएको थियो।

    असार १० गते सम्पन्न १३ औं गाउँसभामार्फत आर्थिक वर्ष २०८०/२०८१ मा फेदीमा विगत वर्षदेखि सञ्चालन हुँदै आईरहेको चिया खेती कार्यक्रमलाई निरन्तरता दिदै आगामी वर्षदेखि सुङदेल लगायत अन्य वडाहरुमा संम्भाव्यता अध्ययन गरि थप विस्तार गरिदै लगिने गाउँपालिका अध्यक्ष समिर राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology