• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खाेटाङमा रास्वपा यसरी अघि बढ्नुपर्छ

खाेटाङमा रास्वपा यसरी अघि बढ्नुपर्छ


समायोजन खबर
  • बुधबार, असार २० २०८०

  • पारस विराट खोटाङ, गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो बार्षिकाेत्सव एक वर्षको  उतारचढावपूर्ण राजनीतिक  घटनाक्रमहरूकाे समीक्षा एवं राष्ट्रिय राजनीतिमा आफ्नो अभूतपूर्व उपलब्धिहरूकाे विश्लेषण र आगामी दिनहरूमा आफ्नो सैद्धान्तिक धरातल कस्तो रहने ? भन्ने बहसका बीच अत्यन्तै उल्लास र भव्यताका साथ मनायाे। यसैबीच रास्वपाले आफ्नो सैद्धान्तिक माग्नाकार्टा ‘नयाँ युगकाे नयाँ संकल्प’ पनि तयार गरिरहेकाे छ। जसमा संविधान साधन र समाजवाद साध्य भनिएकाे छ। रास्वपाकाे सनसनीपूर्ण छलाङ ,उसकाे राजनीतिक इमानदारीता तथा संसद्मा उसले देखाएकाे उपस्थिति र एजेन्डा बहसका आधारमा पनि भन्न सकिन्छ कि रास्वपालाई अब देशकाे प्रमुख राजनीतिक शक्ति बन्नबाट कसैले राेक्न सक्ने छैन्। लाेकतन्त्रमा भन्ने गरिएकाे जस्तो जनता जनार्दन अब रास्वपालाई अलिकति विश्वास गर्ने ठाँउ पनि देखिएको छ। त्यसाे त आगामी चाैंरासीकाे निर्वाचन रास्वपा भर्सेस अन्य राजनीतिक दल हुने सुरुवाती छाँटकाट देखिदैछ भन्दा अत्युक्ति नहाेला। त्यसकाे सुरुवाती पुष्टि उपनिर्वाचनले पनि गर्छ। यसाे भनिरहदा पुराना राजनीतिक दलहरू तथा अन्य नयाँ राजनीतिक दलहरूप्रति नजरअन्दाज भने पटक्कै गरेकाे हाेइन। यसलाई तपाईंले फगत एउटा व्यक्तिगत विश्वास र भराेसाका रूपमा मात्र लिइदिनुहाेला। उसाे त तपाईलाई मेरो विश्वास र भराेसालाई केवल क्षणिक अभिमान र आत्मरतिकाे पुलिन्दा भन्ने छुट पनि छ।

    खाेटाङमा कसरी अघि बढ्नुपर्छ त रास्वपा ?

    अब चर्चा गराैं खाेटाङ जस्तो ग्रामीण सुदूरपुर्वी पहाडी जिल्लामा रास्वपाले कसरी संगठन निर्माण गर्ला ? आफ्नो दैलाेसम्म रास्वपा कहिले आइपुग्ला ? भनेर कुरेर बसेका तमाम खाेटाङे नागरिकहरूकाे जस्केलासम्म रास्वपा पुग्नुपर्ने छ। विकासकाे बाछिटाले समेत नछाेएका विकट गाउँ र उजाड बस्तीहरूमा रास्वपा पुग्नुपर्ने छ । एउटा सन्दर्भ यहाँ सुनाइहाल्छु -म हलेसीमा सम्पर्क कार्यालय खाेल्न सकिन्छ कि भनेर दिक्तेलदेखि हलेसीसम्मकाे यात्रामा थिएँ। नुनथलामा गाडी राेकियाे। म चिया पिउन नजिकैको सानाे चिया पसल छिरेँ। बुढी आमा हुनुहुन्थ्यो चिया पिउदै गफिदै मैले उहाँलाई साेधेँ :- आमा रास्वपा सुन्नुभएकाे छ ? उहाँले भन्नुभयाे -छ नि बाबू हामीले त यसपालि भाेट पनि घण्टीमा हाल्याैं। (सायद समानुपातिकतर्फ आमाले मत हाल्नुभएकाे हुनुपर्छ। खाेटाङमा त रास्वपाले उम्मेदवारी दिएकाे थिएन।) याे त एक प्रतिनिधि घटना मात्रै हाे । रास्वपालाई माया गर्ने यस्ता धेरै जना हुनुहुन्छ। रास्वपाले उहाँहरूलाई अवहेलना गर्नु हुन्न। चाडैं नै उहाँहरूकाे घरघरमा रास्वपा पुग्नुपर्छ।

    गत बैशाख २२ गते हामी केही युवा पुस्ताका मित्रहरूको सक्रियतामा पार्टी सम्पर्क कार्यालय खोल्ने काम भयो। त्यो नै रास्वपा खोटाङ भित्र्याउने पहिलो पहलकदमी थियो भनेपनि हुन्छ। अप्सनल पोलिटिक्सु मा विश्वास राख्ने मलगायत हाम्रा लागि यो एउटा कोसेढुङगा नै थियो। अर्थात् हामी अप्सनल पोलिटिक्सको विरुवा खोटाङमा रोप्दै थियौं। हामीलाई राम्रोसँग थाहा थियो९हामीले मात्र केही हुनेवाला छैन सँगै यो पनि थाहा थियो कि हामी नभई पनि केही हुनेवाला छैन्। किनकि हामीसँग न पोलिटिक्सका लागि पर्याप्त समय नै हुनेछ न त पैसा र अन्य १ किनकि राजनीतिका लागि थोरबहुत यी दुवै चिज चाहिन्छ भन्ने आधारभूत मान्यता हामीलाई पुराना राजनीतिक दलहरूले सिकाएका थिए।

    पारस विराट

    अर्कोतिर हाम्रो परिवार पनि हाम्रो सुन्दर भविष्य राजनीतिमा व्यथित नगरेर अन्य क्षेत्र नै रोजोस् भन्ने चाहन्थ्यो र चाहान्छ पनि १ हामी चुप बस्न पनि चाहादैनथ्यौं र समाजका लागि केही असफल प्रयास भएपनि गर्नुपर्छ भन्ने मान्यता राख्थ्यौं। फेरि राजनीति एक्लै गर्न सक्ने चानचुने कुरा पनि थिएन्। यति त म राजनीतिशास्त्रको विद्यार्थी नहुदो नै हुँ भनेपनि थाहा पाउथेँ होला। तर यसबीचमा थुप्रै जनाले रास्वपाप्रति देखाउनुभएको चासो र सकारात्मक टिप्पणी एवं पार्टीको प्रगतिशील गतिविधिले भने म फुलेल नै भएको छु। हामी पुलकित भएका छौं।
    सम्पर्क कार्यालय त स्थापना गरियो तर चुनौति त्यसलाई ह्यान्डल् गर्ने थियो। समस्या सम्पर्क कार्यालय चलाउने हैन एउटा सिङ्गो पार्टी चलाउने हो। हामी प्रस्तुत हुनु भनेको समग्र एउटा पार्टीको संगठन प्रस्तुत हुनु हो भन्ने हामीलाई थाहा छ। हामीले फितलो प्रदर्शन गर्नु भनेको रास्वपा फितलो हुनु हो अनि हामीले उम्दा प्रदर्शन गर्नु भनेको रास्वपा मजबुत हुनु हो। हामीलाई इमानदार , अध्ययनशील र राजनीतिक चेतना भएका व्यक्तिहरूको खाँचो छ जसले रास्वपामा नवीन ईटा थप्न सकोस्। ज-जसले मेरो यो आर्टिकल पढ्दै हुनुहुन्छ म उहाँहरूलाई रास्वपामा आलोचनात्मक चेतसहित नवीन ईंटा थप्नुहुन अपील पनि गर्दछु। पार्टी आफैं बन्दैन पार्टी हामीले बनाउने हो। आउनोस् हामी कति सकिन्छ नयाँ युगको नयाँ सङ्कल्प गरौं । रास्वपाको दिक्तेलस्थित सम्पर्क कार्यालयमा रहेर हामीले लिएका पृष्ठपोषण तथा विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको छलफलको आधारमा तय गरिएको ५ प्रमुख सुझाव:
    रास्वपाले खोटाङमा यसो गर्नुपर्छ
    १.इमानदार र स्वच्छ छवि भएकाहरूको खोजी
    पार्टीमा जबसम्म इमानदार व्यक्तिहरू रहन्छन तबसम्म पार्टीलाई जनविश्वास कायम रहन्छ। पुराना पार्टीहरू किन जिर्न छन् भने उनीहरू जनताप्रति इमानदार छैनन्। जनताप्रति वफादार छैनन्। आफ्नो काम , कर्तव्य र अधिकार उनीहरूले पालन गरेका छैनन् त्यसैले उनीहरूप्रतिको जनविश्वास घट्दो छ। खोटाङमा रास्वपा विस्तार गरिरहदा मुख्य ध्यान दिनुपर्ने पक्ष हो यो। पार्टीमा आउने रहेक मान्छे कति नैतिक एवं चारित्रवान् छ भन्ने ख्याल राख्नुपर्छ। आज पार्टीमा सरिक हुने मान्छे नै भोलिको रास्वपाको भविष्य हो भन्ने हेक्का राख्नुपर्छ। आफू स्वयं पनि इमानदार बन्नुपर्छ। रास्वपाले हरेक व्यक्तिको मुल्यांकन गर्नुपर्छ अन्यथा ढाकाकुमार श्रेष्ठहरूले नवजात पार्टी निचोरेरै मार्नेछन्। पार्टी संगठन लयमा नआइसकेकाले राजनीतिक बेइमान गर्नेहरू यतिबेला प्रशस्तै सलबलाइ रहेका छन्। यसमा प्रमुख ध्यान राख्न जरुरी छ।
    २. विभिन्न क्षेत्रका अनुभवी तथा विज्ञहरूसँग प्रभावकारी संवाद
    विभिन्न क्षेत्रमा रहेर अनुभव प्राप्त गरिसकेका व्यक्तिहरूसँग प्रभावकारी संवाद गर्नुपर्छ। सबै व्यक्ति विज्ञ हुन्छन भन्ने छैन तर अनुभवी पक्कै हुन्छन्। एउटा किसान कृषि क्षेत्रमा पोख्त हुनसक्छ। एउटा रिटायर्ड शिक्षकले शिक्षा क्षेत्रको समग्र समस्या समाधान गर्न सक्छ किनकि उसले जति शिक्षालाई नजिकैबाट अरू कसैले देखेको हुदैन्। त्यसैगरी क्रमशः हरेक क्षेत्रका अनुभवी तथा विज्ञहरू रास्वपामा आवश्यक छन ताकि आवश्यक समयमा जनतासमक्ष प्रभावकारी डेलिभर गर्न सकून्। केन्द्रको यो नीति खोटाङमा पनि लागु गर्नुपर्।
    ३. समानुपातिक समावेशीता
    पार्टीलाई संविधानले दिएको समानुपातिक समावेशीताका आधारमा कार्यान्वयन गर्नुपर्छ । सबै वर्ग,लिङ्ग,जात, धर्म ,क्षेत्र सम्प्रदायको प्रतिनिधित्व हुनेगरी पार्टी संगठन निर्माण गरिनुपर्छ। हाम्रो वर्गीय नेपाली समाजमा यो आवश्यक छ। अन्य राजनीतिक दलहरूले जस्तो राजनीतिक बेइमानी गर्न रास्वपालाई छुट छैन्। खोटाङमा त यो झनै बढी आवश्यक छ किनकि अहिलेसम्म पनि हाम्रो भूगोलदेखि समाजसम्म विभिन्न वर्गहरू कायमै छन्। समाजमा भएका वर्गहरूको अन्त्य गरि समाजवादसम्म पुग्ने बाटो तय गर्नका लागि पार्टी समावेशी बन्नैपर्छ।
    ४. पुराना पार्टीबाट आउनेहरूको व्यवस्थापन
    पुराना राजनीतिक दलहरूबाट रास्वपामा प्रवेश गर्नेहररूलाई स्पष्टसँग भनिदिनुपर्छ कि तिमी पोर्टफोलियोका निमित्त नआउनु नयाँ केही गर्छु र त्यसका लागि मलाई प्लेटफर्म चाहिएको छ भन्ने अभिप्राय भएकाहरू मात्रै रास्वपामा आउनु १ रास्वपालाई अहिले नयाँ पार्टी भन्ने जुन भाष्य निर्माण गरिदैछ त्यसले भोलि समस्या पार्नसक्छ। पुरानो र नयाँ पार्टी भन्ने भाष्यभन्दा पनि प्रभावकारी डेलिभर दिने र नदिने पार्टी भन्ने भाष्य निर्माण गर्नु राम्रो हो किनकि रास्वपा पनि समयक्रममा हुने पुरानो हो तर पुरानाहरू जस्तै चाहिँ हुनु भएन्। यतिबेला पुराना भनिएका पार्टीहरूमा अवसर नपाएका थुप्रै युवा पुस्ता छन जो देशका लागि केही गर्नुपर्छ भन्छन तर अवसर पाउदैनन्। ती अवसर नपाएका तर सार्वजनिक स्वार्थ बोकेकाहरूका लागि रास्वपाले प्लेटफर्म दिनुपर्छ। यसो भनिरहँदा पुरानै पार्टीका कार्यकर्ताहरूबाट रास्वपा बन्ने भए के नयाँ अपेक्षा गर्ने त रु भन्ने स्वभाविक प्रश्न उठ्न सक्छ तर त्यो होइन। देशप्रतिको प्यास र हुटहुटी भएका र नभएकाहरूको मानक रास्वपाले छुट्याउन सक्नुपर्छ। फेरि सबै उस्तै हुन भन्न पनि त भएन नि १ पुराना पार्टीभित्र राम्रा मान्छेहरू छदै छैनन भन्ने होइन्। राम्रो गर्न सक्ने क्षमता भएका व्यक्तिहरू कतिपय अवस्थामा उनीहरू पार्टीद्वारा नै पिल्सिएका पनि छन्। रास्वपाले उनीहरूलाई समेट्दा राम्रै होला।
    ५. उग्र समर्थक र सस्तो लोकप्रियताबाट सजग
    रास्वपा यतिबेला उसकै उग्र समर्थकहरूको देवत्वकरणबाट ग्रसित देखिदै छ। कतिपय मामिलामा रास्वपाका उग्रवादी समर्थकहरू उसलाई नै बाधक बनिरहेका छन्। विपक्षीलाई साइबर हमला गर्ने, डिजिटल देवत्वकरण गर्ने , अनावश्यक र अनर्गल प्रचार गरिदिनाले रास्वपा हिरोइज्मको सिकार बन्ला कि भन्ने ठूलो आशंका पैदा पनि भएको छ। त्यसबाट रास्वपा सतर्क रहनुपर्छररहदै आएको पनि छ। अति देवत्वकरण र अति दानबीकरण दुवैले लोकतन्त्र खतरामा पर्छ भन्ने हेक्का रास्वपाले राख्नुपर्छ। रास्वपालाई कालान्तरमा यसको मूल्य भारी पर्न सक्छ। एउटा भनाइ छ नि ( तिमी चुपचाप तिम्रो काम गर, तिम्रो कामले तिमीलाई प्रचार गर्ने। रास्वपाले चुपचाप काम गर्नुपर्छ नकि सस्तो लोकरिझ्याई र प्रचारवाजी !
    हामीलाई यी प्रमुख ५ सुझावका अलावा अन्य थुप्रै सुझावहरू पनि प्राप्त भएका छन्। त्यसमा ओैसत रास्वपाले यसो गरिदिए हुन्थ्यो भन्ने सुझावहरू नै प्रमुख छन् । जस्तो युवा पुस्ताले पार्टी हाक्नुपर्छ, अन्य पार्टीबाट आएकाहरूले रास्वपा बिगार्लान है ! नयाँ र ताजा मान्छे आउनुपर्छ, पढेलेखेकाले केही गर्लान कि रु, सकेको राम्रो गर नराम्रो नगर , राम्रो होस् !आदि इत्यादी !लेखक राष्ट्रिय स्वतन्त्र पार्टी सम्वद्ध पारस विराट हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology