समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खोजमूलक पत्रकारिताको प्रवद्र्धन गर्ने जनाएको छ। मेयर तीर्थराज भट्टराईले ९ असारमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खोजमूलक पत्रकारिताको प्रवद्र्धन गर्ने भनिएको छ।
यस्तै, नगरपालिकाभित्र सञ्चालित सञ्चार गृहको स्तरोन्नति, क्षमता विकास र पूर्वाधार निर्माणका लागि पहल गरिने र नगरपालिकाभित्र दक्ष तथा कुशल पत्रकार तथा सञ्चारकर्मी उत्पादन गर्न सहयोग गर्ने नीति तथा कार्यक्रममा अघि सारिएको छ।
नगरपालिकाले जिल्लामा रहेका सञ्चार माध्यमहरुलाई दिने लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक हिसाबले वितरण गर्ने जनाएको छ। यसैगरी, तत्कालिन नगरको नेतृत्वले दिक्तेलबजारमा जडान गरेको सिसि क्यामेरालाई टोल सुधार समिति, नीजि क्षेत्र र सुरक्षा निकायसँगको सहकार्यमा व्यवस्थित गरिने मेयर भट्टराईले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology