• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल नगरपालिकालाई गिज्याउने धराप सडक,जोखिम मोलेर हिड्दै बालबालिका

दिक्तेल नगरपालिकालाई गिज्याउने धराप सडक,जोखिम मोलेर हिड्दै बालबालिका


समायोजन खबर
  • शुक्रबार, असार ८ २०८०

  • जिरोप्वइन्ट,दिक्तेल बोर्डिङ अगाडी सडक,सपिङ कम्प्लेक्स ओरालो बाटोमा जोखिम मोलेर हिड्दै विधार्थी।

    समायोजन खबर खोटाङ, माथिको तस्विरमा देखिएको सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको जिरोप्वइन्टबाट उकालो जाने सडक हो। यो सडक दिनमा झण्डै ५०० जना बढीले प्रयोग गर्छन्।त्यसमा पनि सबैभन्दा बढी कलिला बालबालिका यहि सडकको डिलडिलमा टेकेर जोखिम मोल्दै विद्यालय जाने, आउने गर्नुपर्छ। माथिल्लो भेगबाट दिक्तेल अंग्रेजी बोर्डिङ र सरस्वती नमुना मावि अध्ययन गर्ने बालबालिकालाई सबैभन्दा जोखिम यहि सडक छ। सडक, सडकजस्तो नभएर धराप थापेजस्तो छ।

    दिक्तेल बहुमुखी क्याम्पसमा दिक्तेलको तल्लो भेगबाट जाने प्राध्यापक र विधार्थीको दैनिकी यहि धराप सडक छिचोल्दै सुरु हुन्छ। माथिल्लो भेगबाट दिक्तेलबजार झर्ने महिला, ज्येष्ठ नागरिक, आम नागरिक पनि यहि धराप सडक प्रयोग गर्नुको विल्कप छैन।जिरोप्वइन्टको सडक, यहाँ पैदल हिड्नै सकस छ।

    ग्रेडिङ नमिलाई लहडमा सडक खोल्दा त्यसको मारमा आम नागरिक परेका छन् । मध्यपहाडी लोकमार्गसँग छोएको उक्त ग्रामिण सडक अहिले नालीमा परिणत छ। त्यसकै फलस्वरुप यसले जिरोप्वइन्टको पक्की सडकलाई असर पु¥र्याउन थालेको छ।

    यस्तै, दिक्तेल अंग्रेजी बोर्डिङ, जिल्ला खेलकुद विकास समिति, बहुउद्देश्य कर्बड हल, नेपाल सितोरियो कराते संघ, विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र, माटिकोरे खेलमैदान र पशु सेवा कार्यालय जाने दिक्तेल अंग्रेजी बोर्डिङ स्कुल अगाडी उकालो सडकको हालत झन खराब छ।दिक्तेल अंग्रेजी बोर्डिङ अगाडीको धराप सडकमा हिड्दै विधार्थी।

    ढुङगा नै ढुङगा निस्किएर धराप भएको सडकमा बोर्डिङ पुग्ने सानासाना बालबालिका लड्दै जान्छन्। कति बालबालिकाको सडककै कारण लडेर चोटपटक लागेको छ। मोटरसाइकल, स्कुटर कुदाउनेहरु लडेर घाइते भएका छन्। सवारी साधनमा क्षति पुगेको छ।

    अव्यवस्थित ढल निकासी हुँदा सपिङ कम्प्लेक्स अघिबाट पशु सेवा कार्यालय, विधुत प्राधिकरण हुँदै दिक्तेल अंग्रेजी बोर्डिङ जाने बाटो अहिले ज्यानमारा बाटो भएको छ। यो बाटोमा लड्दै,लड्दै बालबालिका हिड्न बाध्य छन् । ठूलो पानी पर्दा यो बाटोमा ढलको खतरा पनि उस्तै छ।सपिङ कम्प्लेक्स ओरालो बाटोमा जोखिम मोलेर हिड्दै विधार्थी ।

    जिल्लाको सदरमुकाम, नगरपालिकाको केन्द्र, मुख्य व्यापारिक केन्द्रभित्रको मुख्यमुख्य स्थानका ग्रामिण सडकको हालत देख्दा यहाँका सम्बन्धित निकाय सुतेर बसेको भान हुन्छ। स्थानीय सरकार अलमल मै छन्। उसले आफ्नो बाटो पहिल्याउन सकेको देखिन्दैन।दिक्तेल अंग्रेजी बोर्डिङ अगाडीको धराप सडक र विधार्थी।

    बोर्डिङ अगाडी सडक ढलानका लागि दिक्तेल अंग्रेजी बोर्डिङले ३०० बोरा सिमेन्ट उपलब्ध गराउने सहमति भएको र रड, गिट्टी, बालुवा लगायत उपलब्ध गराउन सहयोगी हात अघि बढाई दिनहुन भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले २१ जेठमा फेसबुकमा स्टाटस लेखेका थिए। भट्टराईले छिट्टै मिति तय गरेर जनश्रमदान माफर्त उक्त सडकको मर्मत गर्ने बताएका थिए। तर, सडकको हालत दिनदिनै खराब हुँदै गएको छ। हेर्नुहोस भिडियो,

    https://www.facebook.com/samayojankhabar/videos/633269618486857

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology