• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङमा जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालन

हलेसी तुवाचुङमा जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालन


समायोजन खबर
  • शनिबार, जेष्ठ २७ २०८०

  • रिबन काटेर एम्बुलेन्सको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुविधा सम्पन्न जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

    नगरभित्रका नागरिकलाई स्वास्थ्य चौकीसम्म तथा जिल्ला बाहिर उपचारमा जान आउन सहज बनाउने उद्देश्यले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले वर्गीकरण गरे अनुसारको आवश्यक उपकरण र औषधिसहित ‘ख’ वर्गको एम्बुलेन्स आज(शनिबार)बाट सञ्चालनमा ल्याएको हो।

    नगरपालिकाको प्राङगणमा मेयर बिमला राईको अध्यक्षतामा भएको बीमा सेवा र एम्बुलेन्स शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले रिबन काटेर एम्बुलेन्सको शुभारम्भ गरेका हुन्।
    राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले ‘ख’ वर्गको एम्बुलेन्समा आवश्यक उपकरण र औषधि हुनुपर्ने व्यवस्था गरेको छ। त्यही अनुसार २२ वटा उपकरण जडित र जिपिएस ट्रयाकिङ सिस्टम भएको एम्बुलेन्स सञ्चालनमा ल्याईएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए। घिमिरेका अनुसार जिपिएस ट्रयाकिङ सिस्टम भएकाले एम्बुलेन्स कहाँ छ, कहाँ रनिङ गरिरहेको छ भन्ने नगरपालिकाबाटै ट्रयाकिङ गर्न सकिनेछ। जसले गर्दा दुरुपयोग हुन पाउने छैन।

    एम्बुलेन्स खरीदका लागि नगरपालिकाले २० लाख १० हजारको टेण्डर आव्हान गरेको थियो। टेण्डर बाहेक जिपिएस ट्रयाकिङ सिस्टम जडान, एम्बुलेन्स पेन्टिङ र लेखनसहित कूल २३ लाख ८७ हजार ५५० रुपैयाँ एम्बुलेन्समा बजेट खर्च भएको छ।

    गर्भवती र सुत्केरी नकिकैको स्वास्थ्य चौकीमा जानुहुन्छ सेवा लिन । त्यहाँ चाँहि सेवा हुन्न, सकिन्न भने स्वास्थ्यकर्मीको रिफरमा उहाँहरुलाई बाहिर अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरिएको मेयर बिमला राईले बताइन् । अन्यका हकमा भने भाडादर तोकिएको छ। मेयर राईका अनुसार ११ वडामा एम्बुलेन्स चल्ने सडक भए पनि त्यस सडकलाई निरन्तर चल्ने बनाउनुपर्ने बाध्यता रहेको बताईन् । जसका कारण एम्बुलेन्स अझै सहज तरिकाले चलाउन सकिनेछ।

    ११ वडा रहेको नगरपालिकाभित्रका विरामीहरुले स्वास्थ्य चौकी तथा जिल्ला वाहिर जाँदा महंगो भाडा तिरेर जानुपर्ने बाध्यता थियो। सुविधायुक्त एम्बुलेन्स नगरपालिकाले सञ्चालन गरेपछि नगरबासीले सामान्य भाडादरमै एम्बुलेन्स प्रयोग गर्न पाउने उपमेयर रमेश कुमार राउतले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology