समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। चालू आर्थिक वर्षको हालसम्म जन्मेदेखि १५ महिना पुगेका २३४ जना र १६ महिनादेखि २३ महिनासम्मका ११० जना बालबालिकाले लगाउनु पर्ने १३ किसिमका सबै खोप लगाई सकेपछि पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।
मंगलबार अफिस व्याडमिन्टन कभर्ड हल बाक्सिलामा जिल्ला समन्वय समिति प्रमुख एवंम् पूर्ण खोप समन्वय समिति संयोजक सन बहादुर राई, केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल,गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्की, स्वास्थ्य संयोजक शिव कुमार राई लगायतले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन्।
पूर्ण खोप सुनिश्चितता घोषणाका लागि गाउँपालिकाका सम्पूर्ण स्वयम्सेविका ‘खोज र खोप’ अभियान नै चलाएर घर घर गएर खोप कार्ड हेरेर लक्षित बालबालिकाले खोप लाए/नलाएको सुनिश्चित गरेका थिए।
त्यस क्रममा जन्मेदेखि १५ महिनासम्मका २ जना र १६ महिनादेखिी २३ महिनासम्मका १३ जना बालबालिकामा शुन्य डोज खोप भेटिएको थियो । त्यस्तै, जन्मेदेखि १५ महिनासम्मका १ जना र १६ देखी २३ महिनासम्मका १७ जना बालबालिकामा ड्रप आउट(नियमित खोप छुटाएका) भेटिएको स्वास्थ्य संयोजक राईले बताए। ति बालबालिकालाई सम्पूर्ण खोप दिईएको छ।
गाउँपालिकाले पूर्ण खोप सुनिश्चित गरेपछि पुनः जिल्ला स्वास्थ्य कार्यालयबाट पनि बालबालिकाले १३ किसिमको खोप लाए/नलाएको अनुगमन र सुपरीवेक्षण गर्ने काम स्वास्थ्य कार्यालयले गरेको थियो। स्वास्थ्य कार्यालयले खोप सुनिश्चित भएको अनुमति दिएपछि पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।
पूर्ण खोप निर्देशिका २०७७ अनुसार सबै प्रक्रिया पुरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा गर्न स्वास्थ्य कार्यालयले अनुमति दिएपछि पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए।
सिग्देलका अनुसार साकेला गाउँपालिका, बराहापोखरी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेंशी गाउँपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा गरिसकेको छ। हलेसी तुवाचुङ नगरपालिकाले पूर्ण खोप निर्देशिका २०७७ अनुसार सबै प्रक्रिया पुरा गरेकाले घोषणा सभा गर्न पनि अनुमति दिईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology