• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धितुङमा साकेला सिली प्रशिक्षण समापन, वडाले दियो ढोल र झयाम्टा

धितुङमा साकेला सिली प्रशिक्षण समापन, वडाले दियो ढोल र झयाम्टा


समायोजन खबर
  • शनिबार, जेष्ठ २० २०८०

  • साकेला सिली प्रशिक्षण समापन कार्यक्रममा सहभागी अतिथिहरु।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा २० दिने साकेला सिली प्रशिक्षण कार्यक्रम गरिएको छ। किरात संस्कार, संस्कृतीको महत्वपूर्ण संस्कार साकेला सिलीलाई जोगाउँदै सिकाउने उद्देश्यले किरात राई यायोक्खा वडा कार्य समिति धितुङले साकेला सिली प्रशिक्षण गरेको हो।

    ३१ बैशाखदेखि १९ जेठसम्म आयोजना गरिएको साकेला सिली प्रशिक्षणको शनिबार समापन गरिएको किरात राई यायोक्खा वडा कार्य समिति धितुङका अध्यक्ष दिनेश राईले जानकारी दिए। राईका अनुसार साविक नौ वडाबाट ४१ जना सहभागी गराई चार समुह बनाएर साकेला सिली सिकाईएको थियो। उत्कृष्ट नौ जनालाई प्रमाण पत्र प्रदान गरिएको छ।

    प्रशिक्षार्थीहरुलाई खोटाङ कलाकार संघका सदस्य दिपेश राईले सोकला सिलीका बारेमा प्रशिक्षण दिएका थिए। साकेला सिली प्रशिक्षण समापन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रममा तुवाचुङ र हलेसीका विषयमा संघीय सरकारले देखिसकेकाले स्थानीय सरकारको सानो बजेटबाट सम्बोधन हुन नसकेका पहिचानहरु जुरुक्क उठ्ने अवस्था रहेको बताईन।

    तुवाचुङ–खुवालुङ सांस्कृतिक सर्किट निर्माण गर्ने, तुवाचुङको खुल्ला संग्राहलय निर्माण गर्ने र तुवाचुङ हुंदै मिथिलासम्मको सांस्कृतिक र धार्मिक सर्किट निर्माण गर्न बजेट विनियोजन भईसकेको बताउँदै नगरपालिकाले सबै जातजातिको अस्तित्व बचाउने नीति तथा कार्यक्रम ल्याउने बताईन्। समापन कार्यक्रममा मेयर राई, प्रमुख प्रशासकीय अधिकृत कैलाश ठकुराठी, वडाध्यक्ष टेकराज राई लगायतको उपस्थिती थियो।
    वडाले दियो किरात राई यायोक्खालाई ढोल झ्याम्टा
    वडा कार्यालय धितुङले किरात राई यायोक्खा वडा कार्य समितिलाई साकेला सिलीमा प्रयोग गरिने ढोल र झ्याम्टा वितरण गरेको छ। वडाको चालू आर्थिक वर्ष २०७९/२०८० मा विनियोजन गरिएको ७० हजार बजेटबाट दुईवटा ढोल, तीन जोर झयाम्टा, तीनवटा चम्मर र सिलिमे हस्तान्तरण गरिएको धितुङका वडाध्यक्ष टेकराज राईले बताए। परम्परागत सामाग्रीहरु २२ बैशाखमै हस्तान्तरण गरिएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology