• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिकामा जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स

हलेसी तुवाचुङ नगरपालिकामा जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स


समायोजन खबर
  • शनिबार, जेष्ठ २० २०८०

  • हलेसी तुवाचुङ नगरपालिकाले खरीद गरेको एम्बुलेन्स।फाइल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको छ।

    नगरभित्रका नागरिकलाई स्वास्थ्य चौकीसम्म तथा जिल्ला बाहिर उपचारमा जान आउन सहज बनाउने उद्देश्यले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले वर्गीकरण गरे अनुसारको आवश्यक उपकरण र औषधिसहित ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको हो।

    राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले ‘ख’ वर्गको एम्बुलेन्समा आवश्यक उपकरण र औषधि हुनुपर्ने व्यवस्था गरेको छ । त्यही अनुसार २२ वटा उपकरण जडित र जिपिएस ट्रयाकिङ सिस्टम भएको एम्बुलेन्स २७ जेठबाट शुभारम्भ गर्ने तयारी गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए। घिमिरेका अनुसार जिपिएस ट्रयाकिङ सिस्टम भएकाले एम्बुलेन्स कहाँ छ, कहाँ रनिङ गरिरहेको छ भन्ने नगरपालिकाबाटै ट्रयाकिङ गर्न सकिनेछ। यसले गर्दा दुरुपयोग हुन पाउने छैन।

    हाललाई एम्बुलेन्सले सुत्केरी महिलालाई निशुल्क सुविधा दिनेछ। अन्यका हकमा भने कार्य विधि बनाएर भाडादर तोकिने छ। एम्बुलेन्स खरीदका लागि नगरपालिकाले २० लाख १० हजारको टेण्डर आव्हान गरेको थियो। टेण्डर बाहेक जिपिएस ट्रयाकिङ सिस्टम जडान, एम्बुलेन्स पेन्टिङ र लेखनमा भएको सम्पूर्ण खर्चको विवरण एम्बुलेन्स शुभारम्भका दिन सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ।

    ११ वडा रहेको नगरपालिकाभित्रका विरामीहरुले स्वास्थ्य चौकी तथा जिल्ला वाहिर जाँदा महंगो भाडा तिरेर जानुपर्ने बाध्यताको अन्त्य गर्न सुविधायुक्त एम्बुलेन्स खरीद गरिएको मेयर बिमला राईले बताईन्। मेयर राईका अनुसार सबै वडामा एम्बुलेन्स चल्न सक्ने सडक भए पनि ति सडकहरुको स्तरोन्नती गरिदै जानेछ । जसका कारण एम्बुलेन्स अझै सहज तरिकाले चलाउन सकिनेछ।

    यसैविच, हलेसी तुवाचुङ नगरपालिकाले २७ जेठबाट स्वास्थ्य चौकी दुर्छिमलाई प्रथम विन्दु बनाएर लागू हुनेगरी स्वास्थ्य बिमा उपचारको शुभारम्भ गर्ने भएको छ। यसअघिसम्म स्वास्थ्य बिमा गराएकाले जिल्ला अस्पताल दिक्तेलमा गएर सेवा लिनुपर्ने हुन्थ्यो। अब भने, हलेसी तुवाचुङ नगरपालिकाभित्रका स्वास्थ्य बिमा गरेकाले दुर्छिम स्वास्थ्य चौकीबाटै सेवा लिन पाउनेछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology