समायोजन खबर खोटाङ खोटाङमा विधुतीय दुर्घट्नाबाट बच्न र किफायती ढंगबाट विधुत प्रयोग गर्न विद्यालय र क्याम्पसमा विधुतीय सचेतना कार्यक्रम गरिएको छ।
विधुत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत सामाजिक सुरक्षण तथा वातावरण व्यवस्थापन विभाग काठमाण्डौको आयोजनामा ‘लैङगिक समानता र सामाजिक समावेशीकरण एवंम् विधुतीय सचेतना’ कार्यक्रम गरिएको हो।
बिहीबार बिहान दिक्तेल बहुमुखी क्याम्पसमा गरिएको विधुतीय सचेतना कार्यक्रममा क्याम्पस सञ्चालक समिति, प्राध्यापक र विधार्थीहरुको सहभागिता थियो । सहभागीहरुलाई विधुतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती ढंगबाट विधुतको अधिकतम उपयोग सम्बन्धी हाते ब्रसर र क्यालेण्डर वितरण गरिएको थियो। 
सहभागीहरुलाई विधुतीय जोखिम र विधुतबाट गर्न सकिने कामका विषयमा छोटो भिडियो पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा सहभागीलाई सहायक मीता आचार्य र सहायक कम्प्युटर अधिकृत गणेश सुवेदीले संम्भावित विधुतीय दुर्घट्ना र यसबाट सुरक्षित हुने उपायका बारेमा प्रस्तुती दिएका थिए।
कार्यक्रममा दिक्तेल बहुमुखी क्याम्पस प्रमुख हिराकुमार राईले गुणस्तरीय विधुत सेवा पाउनुपर्ने बताए । जिल्लामा २/२ मिनेटमा विुधत जाँदा काममा ढिलाई तथा विधुतीय उपकरणहरुमा क्षति पुगिरहेकाले गुणस्तरीय विधुत सेवा दिन आग्रह गरेका हुन्।
विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले सुरक्षित तवरले विधुतको प्रयोग गर्न आग्रह गरेका छन्। उदयपुरबाट जंगल तथा भिरालो जमिन हुँदै ७० किलोमिटर लामो दुरीमा जिल्लामा विधुत ल्याईएकाले बेलाबेलामा विधुत जाने समस्या समाधानमा जोडदार रुपमा लागिरहेको बताए। केपिलासगढी गाउँपालिका–४ बाक्स्लिास्थित पृथ्बी मावि बाक्सिलामा पनि हिजो बुधबार विधुतीय सचेतना कार्यक्रम गरिएको दिक्तेल वितरण केन्द्र प्रमुख रेग्मीले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology