• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

५२ औैं पटक रक्तदान

५२ औैं पटक रक्तदान


समायोजन खबर
  • आइतबार, जेष्ठ १४ २०८०

  • रक्तदान गर्दै रेडक्रस मन्त्री छत्रकुमार वजिमय(दायाँ)साथमा सशस्त्र प्रहरी बल नेपाल नं.७ गुल्म खोटाङका गुल्मपति कृष्णबहादुर बम।

    समायोजन खबर खोटाङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार वजिमयले ५२ औं पटक रक्तदान गरेका छन्। राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा आईतबार दिक्तेलबजारको पूरानो बेसक्याममा रक्तदान गरेसँगै वजिमयले रक्तदानलाई ५२ औं पटक पु¥याएका हुन्।

    २०५९ सालबाट रक्तदान गर्दै आएका वजिमयले अत्याधिक रक्तश्रावदेखि प्रसुतीका क्रममा रगत आवश्वयक पर्ने बिरामीहरुलाई रक्तदान गर्दै आएका छन्।

    दिक्तेलमा ब्लड बैंक नहुंदा(२०७५ चैत्र २५ अघिसम्म) जिल्ला अस्पतालमा रगत आवश्यक पर्ने बिरामीहरुलाई सबैभन्दा धेरै वजिमयले रक्तदान गरेका थिए । रक्तदान गर्ने तथा रगत लिने मानिसले कसलाई, कसको रगत लिए/दिए भनेर थाहा हुन नहुने र यसले गर्दा दुबैैजना व्यक्ति जीवनभर अनुग्रही हुनुनपर्ने उनको भनाई छ।

    १२० दिनमा मानव शरीरमा नयाँ रगत बन्छ र त्यसपछि पूरानो रगत निष्क्रिय भएर दिशापिसाबको माध्यमबाट बाहिर जान्छ । रक्तदान गरेपछि रगत पनि शुद्ध हुन्छ । विभिन्न रोग भए/नभएको चेकजाँच हुन्छ । वजिमयले भने, ‘ह्याबी खाना पनि खानु पर्दैन। पहिला जे खाने गरेको छ त्यही खाँदा हुन्छ।’

    गणतन्त्र दिवसको अवसरमै रक्तदान गरेपछि जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईको रक्तदान चौथो पटक र प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईको २३ औं पटक रक्तदान भएको छ।

    १८ वर्षदेखि ६० वर्षसम्म उमेर भएका तथा ४५ केजी तौल भएका व्यक्तिहरुले रक्तदान गर्न सक्ने रक्त सञ्चार केन्द्र दिक्तेलका प्रमुख बोलराज आचार्यले बताए। एन्टीबाईटीक औषधी प्रयोग गरेको, रजस्वला भएको दश दिन नकटेको, बच्चालाई दुध चुसाउदै गरेका महिला, प्रेसर हाई र लो भएकाहरुले रक्तदान गर्न नमिल्ने आचार्यको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology