• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता नगरपालिका’ घोषणा

दिक्तेल नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता नगरपालिका’ घोषणा


समायोजन खबर
  • बिहिबार, जेष्ठ ४ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ। १६ महिनादेखि २३ महिनामा बालबालिकाले लगाउनु पर्ने १३ किसिमका सबै खोप लगाई सकेपछि पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो।

    बिहीबार नगरपालिकाको सभाहलमा जिल्ला समन्वय समिति प्रमुख एवंम् पूर्ण खोप समन्वय समिति संयोजक सन बहादुर राई, मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन्।
    नगरपालिकाको १५ वडाका १६ महिनादेखि २३ महिनासम्मका ३८४ जना बालबालिकाले सवै प्रकारका खोप पाएको सुनिश्चितता गरिएको छ। खार्मीका एकजना बच्चाले १६ महिना पूरा हुँदासम्म कुनै पनि किसिमको खोप नलगाएको पाईएको र बाम्राङमा समेत ३ जना बालबालिका दादुरा रुवेलाको दोश्रो मात्रा खोप नलगाएको पाईएकोमा डिले खोप तालिका अनुसार ति बालबालिकालाई खोप प्रदान गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताए। आचार्यका अनुसार नगरपालिकामा १५ महिनाका ६२९ जना बालबालिकाले खोप लगाईरहेको छ।

    पूर्ण खोप निर्देशिका २०७७ अनुसार सबै प्रक्रिया पुरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा गर्न स्वास्थ्य कार्यालयले अनुमति दिएपछि पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए।
    सिग्देलका अनुसार साकेला गाउँपालिका र बराहापोखरी गाउँपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा गरिसकेको छ। हलेसी तुवाचुङ नगरपालिका र रावाबेंशी गाउँपालिकाले पूर्ण खोप निर्देशिका २०७७ अनुसार सबै प्रक्रिया पुरा गरिसकेको छ । उनीहरुलाई घोषणा सभा गर्न पनि अनुमति दिईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology