समायोजन खबर खोटाङ, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सामना सांस्कृतिक परिवारले खोटाङमा सांस्कृतिक प्रस्तुती देखाएको छ।
वैज्ञानिक समाजवादका लागि सामना जनसङगीत अभियान अन्तर्गत बुधबार दिउँसो १ बजेदेखि करीव ३ बजेसम्म रत्नपार्कमा सांस्कृतिक प्रस्तुतीहरु देखाएको हो।
मध्यपहाडी लोकमार्गले छोएको जिल्लाहरुमा साँस्कृतिक अभियान गर्ने क्रममा आज यहाँ सांस्कृतिक प्रस्तुती देखाईएको खोटाङ जिल्ला इन्चार्ज सन्जिप सिले जानकारी दिए।
सामना सांस्कृतिक परिवारका कलाकार समर कुमार झुसेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको क्यारिकेचर गरेर दर्शकलाई हसाएका थिए।
सामना सांस्कृतिक परिवारको प्रस्तुती हेर्नका लागि स्थानीयहरुको घुईचो नै लागेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology