समायोजन खबर खोटाङ, खोटाङमा यात्रुबहाक बस र मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
दिक्तेलबाट हुर्लुङतर्फ जाँदै गरेको बा ८३ प २८६६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको बा ३ ख १८९५ नम्बरको यात्रुबहाक बस मध्यपहाडी लोकमार्गको मुढेबाट केही अगाडीको घुम्तीमा ठोक्किदा मोटरसाइकल चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय राजन राई गम्भीर घाइते भएका छन्।
घाईते राईको हातखुट्टा, अनुहार र शरीरमा चोट लागेको छ। उनको दिक्तेलस्थित फेमेली केयर अस्पतालमा उपचार संम्भव नभएपछि एम्बुलेन्समाफर्त शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको छ । उनको नाक र मुखबाट रगत बगिरहेको जनाईएको छ।
बस, बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए। बस जन्ती बोकेर आउँदै गरेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology