• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तीन घण्टा धाएर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यताको भयो अन्त्य

तीन घण्टा धाएर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यताको भयो अन्त्य


समायोजन खबर
  • बिहिबार, बैशाख २१ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा रातमाटेमा शहरी स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा सुरु भएपछि तीन घण्टा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

    हलेसी तुवाचुङ नगरपालिकाले बिहीबार शहरी स्वास्थ्य केन्द्र उद्घाटनसँगै स्वास्थ्य सेवा शुभारम्भ गरेपछि डिकुवाको साविक वडा १, २ र ३ का करीव २०० परिवारलाई स्वास्थ्य सेवा लिनै पैदल तीन घण्टा धाउनुपर्ने बाध्यता हटेको हो।

    रातमाटेमा स्वास्थ्य चौकी नहुँदा साविक ३ वडाका २०० परिवार तीनघण्टा हिडेर डिकुवाको दाम्लीमा रहेको स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यता थियो। खोप केन्द्रको भवनलाई व्यवस्थित गरेर स्वास्थ्य केन्द्र सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए।

    स्वास्थ्य केन्द्रमा हाललाई एकजना स्वास्थ्यकर्मी(अहेव) नियमित बस्ने र अन्य स्वास्थ्य चौकीहरुमा जस्तै यहाँबाट पनि सेवा प्रवाह हुनेछ । शहरी स्वास्थ्य केन्द्रको मेयर बिमला राई, उपमेयर रमेशकुमार राउतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठी, डिकुवाका वडाध्यक्ष देवेन्द्र राई लगायतको उपस्थिती थियो।

    भौगोलिक विकटता भए पनि स्वास्थ्य सेवाबाट नागरिक बञ्चित नहोस र अकालमै ज्यान गुमाउन नपरोस भनेर नगरपालिकाले डिकुवाको राटमाटेसँगै, राजापानीको भाँडबेंशी र आहाले, अर्खौलेको नवलपुर, दुर्छिमको हैदे, बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर स्वास्थ्य सेवा दिईरहेको छ।
    आधारभूत स्वास्थ्य केन्द्र भवन शिलान्यास
    हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को २० लाख बजेटमा असारसम्म निर्माण सम्पन्न गर्नेगरी डिकुवाकै छुङपाङमा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको छ । भवन उपभोक्ता समितिमाफर्त निर्माण हुनेछ।डिकुवाको छुङपाङ, ओखलाङका २५० परिवार पनि स्वास्थ्य सेवा लिन नै तीन घण्टा पैदल हिडेर दाम्ली स्वास्थ्य चौकीमा जानुपर्ने भएकाले गाउँघरमै स्वास्थ्य सेवा दिने लक्ष्यले भवन शिलान्यास गरिएको जनाईएको छ।
    आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएपछि त्यहाँ पनि स्वास्थ्यकर्मी राखेर नियमित स्वास्थ्य सेवा दिईनेछ। भवनको मेयर राई बिमला राई र उपमेयर रमेशकुमार राउतले शिलान्यास गरेका हुन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology