समायोजन खबर खोटाङ, खोटाङमा पहिचान पक्षधरले किरात फोर्स गठन गरेको छ। कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन थालिएको दवावमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि प्रदेश १ संयुक्त संघर्ष समिति, युवा परिचालन उपसमिति संयोजक रहेका निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय किरात फोर्स गठन गरिएको हो।
पहिचान पक्षधरको बुधबार शुभम फाउण्डेसनमा भएको भेलाले अगाडि शहिद पदम लिम्बू (लाजेहाङ)को तस्बीर र पछाडि किरात फोर्स अंकित कालो टि–सर्टधारी युवा दस्ता बनाएको हो। ऐतिहासिक पृष्ठभूमीको आधारमा किरात प्रदेश पुःन नामांकन आन्दोलनलाई सशक्त बनाउने तथा आन्दोलनका क्रममा सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि किरात फोर्स गठन गरिएको संयोजक राई बताउँछन्।
संयोजक राई जसपाका नेता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुर्ववडाध्यक्ष हुन्। परिपक्व र इमान्दार युवालाई छानेर किरात फोर्समा आवद्ध गराइएको संयोजक राईले सुनाए।
यसैबिच, प्रदेश १ संयुक्त संघर्ष समिति, युवा परिचालन उपसमितिले दिक्तेलमा बाईक -याली सहितको जनप्रदर्शन गरेको छ। उपसमितिले शुभम फाउण्डेसनबाट किरातचोक, त्रिबेणीचोक, हाटडाँडा हुँदै भवनगैरासम्म बाईक -याली सहितको जनप्रदर्शन गरेको थियो।
‘कोशी प्रदेश खारेज गर। ऐतिहासिक पृष्ठभूमीको आधारमा किरात प्रदेश पुःन नामांकन गर । महान शहिद पदम लिम्बू (लाजेहाङ) अमर रहुन्’ लेखिएको व्यानर सहितको -यालीले विभिन्न चोकमा कोणसभा गरेको थियो। -यालीले बजार परिक्रमा गर्नेक्रममा खानेपानी, सिचाई तथा उर्जा मन्त्रालय जलश्रोत तथा सिँचाई विकास डिभिजन दिक्तेलको बोर्डमा लेखिएको कोशी मेटाई दिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology