• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोशी प्रदेशको नाम खारेजीका लागि संयुक्त संघर्ष समिति

कोशी प्रदेशको नाम खारेजीका लागि संयुक्त संघर्ष समिति


समायोजन खबर
  • सोमबार, चैत्र २७ २०७९

  • समायोजन खबर खोटाङ, कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ। कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दवावमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो।

    आइतबार ज्येष्ठ अगुवा पर्खनबहादुर राईको अध्यक्षतामा बसेको आदिबासी जनजाती महासंघ, यायोक्खा, जातीय संगठन, पहिचानपक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत सम्मिलित बैठकले पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरेको हो। बैठकको निर्णय सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ।

    संघर्ष समितिको सह–संयोजकमा नेकपा एकीकृत समाजवादीका ओमीराज राई, जनता समाजवादी पार्टीका अध्यक्ष पिके खम्बू, जनजाती महासंघका अध्यक्ष फुर्वा शेर्पा, जनजाती महासंघका पुर्वसचिव रबिन खम्बू, किरात सेवा समाजका किसन राई, सैंजु नेवा देय दबुका धनकुमारी सैंजू चयन भएका छन्। यस्तै, नेपाल तामाङ घेदुङ संघका पर्शुराम तामाङ, नेपाल शेर्पा संघका कसाङ शेर्पा, किरात राई चाम्लिङ खाम्बातिमका गणेश राई, साम्पाङ राई जुम्लेखाका अध्यक्ष प्रताप राई, वाम्बुले राई समाजका भुवन राई, किरात राई वान्तवा खिमका राजकुमार राई लगायतलाई संघर्ष समितिको सह–संयोजकमा राखिएको छ । जनजाती महासंघको उपाध्यक्ष एलबी मगर संघर्ष समितिको सचिव चयन भएका छन्। बैठकबाट ६ वटा उपसमिति गठन गरिएको संघर्ष समितिका संयोजक किरातले पत्रकार सम्मेलनमा जानकारी दिए। डा. केके राईको संयोजकत्वमा पाँच सदस्यीय बौद्धिक सल्लाहकार, सुर्य राईको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक, डा. केके राईको संयोजकत्वमा आकस्मिक औषधि उपचार उपसमिति गठन गरिएको हो।

    यस्तै, निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय युवा परिचालन, संगीता राईको संयोजकत्वमा २१ सदस्यीय महिला परिचालन र इन्द्र नाराथुंगेको संयोजकत्वमा पाँच सदस्यीय सुचना तथा सञ्चाल उपसमिति गठन गरिएको संयोजक किरातले जानकारी दिए। ‘पार्टीको पनि बिश्वास देखिएन । हाम्रोलागि पार्टीभन्दा पहिचान र अस्तित्व ठूलो हो। हामी जिल्लाको सबै पालिका कव्जा गर्न सक्छौँ,’ संयोजक किरातले भने, ‘पहिचानको आन्दोलनमा लाग्दा पार्टीले कारबाही गर्छ भने गरोस् । कारबाही भोग्न तयार छौँ । पहिचानको मुद्धा छोडिन्न।’ जिल्लाका १० वटै पालिकामा आन्दोलनलाई शसक्त बनाउनका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ।
    जनता समाजवादीले पनि बनायो १०१ सदस्यीय संघर्ष समिति
    पुःन नामांकन संयुक्त संघर्ष समिति गठनप्रति ऐक्यवद्धता जनाउँदै जनता समाजवादी पार्टी खोटाङले अध्यक्ष पिके खम्बुको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ। जिल्ला समन्वय समिति, पालिका कमिटि अध्यक्ष एबं भातृ संगठनका प्रमुख लगायत १०१ सदस्यीय संघर्ष समिति गठन गरेको जानकारी दिइएको छ । पहिचानको आन्दोलनलाई क्रमशः सबै प्रदेशमा जगाउने योजनासहित संघर्ष सुरु गरिएको जनपाका प्रदेश सदस्य नविन राईले बताए।
    लेटरप्याड र छापमा कोशी नलेख्न नगरपालिकालाई ध्यानाकर्षण
    पुःन नामांकन संयुक्त संघर्ष समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बोर्ड, लेटर प्याड र छापमा कोशी नलेख्न ध्यानाकर्षण गराएको छ। पत्रकार सम्मेलन लगत्तै नगरपालिका पुगेर उपमेयर बिसन राई र प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई ज्ञापन–पत्र बुझाउँदै लेटर प्याड र छापमा कोशी लेखिएको भए मेटाउन ध्यानाकर्षण गराएका हुन्। ज्ञापन–पत्र बुझाउँदै संघर्ष समितिका संयोजक किरातले नगरका वडा–वडामा कोशी नलेख्नका लागि आग्रह गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology