• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सांसद पिके राईलाई कालोझण्डा देखाउने पहिचानबादी आन्दोलनकारी छुटे

सांसद पिके राईलाई कालोझण्डा देखाउने पहिचानबादी आन्दोलनकारी छुटे


समायोजन खबर
  • शनिबार, चैत्र २५ २०७९

  • पहिचानबादी आन्दोलनकारीलाई धरपकड गरी प्रहरी कार्यालयतर्फ लैजादै प्रहरी।

    समायोजन खबर खोटाङ, खोटाङबाट निर्वाचित प्रदेश सांसद पाँचकर्ण राई पिकेलाई नाराबाजी गर्दै कालोझण्डा देखाउने आन्दोलनकारी बिना शर्त रिहाई भएका छन्।

    सांसद राईले कोशी प्रदेश नामाकरणमा मतदान गरेको भन्दै कालोझण्डा देखाउने र नाराबाजी गर्ने किरात राई यायोक्खाका अध्यक्ष युगसन किरात, यायोक्खाका सह–कोषाध्यक्ष डार्विन चाम्लिङ, यायोक्खाकै दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी पूर्वउपाध्यक्ष सप्तमणि राई र जसपाका जिल्ला सचिव सुनिल राई प्रहरी नियन्त्रण भएको करीव दुई घण्टापछि रिहाई भएका हुन्।

    उनीहरुले शनिबार जिल्ला समन्वय समितिको हलमा चलिरहेको सातौ जिल्ला सभालाई नै अवरोध गर्दै कोशी प्रदेश नामाकरणमा मतदान गर्ने सांसद राई विरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका थिए। सांसद राईलाई कालोमोसो दल्ने प्रयास भने सफल नभएको निकटस्थ श्रोत बताउँछ ।

    कालोझण्डा देखाउने र नाराबाजी गर्नेलाई कार्यक्रमस्थलबाट प्रहरीले धरपकड गर्दै जिल्ला प्रहरी कार्यालय लगेका थिए । प्रहरी कार्यालय लैजाने क्रममा यायोक्खा अध्यक्ष किरात बाहेक अन्यलाई हतकडी लगाईएको थियो । त्यसप्रति पहिचानबादीहरुले आपत्ती रहेको जनाएको छ।

    धरपकडमै पहिचानबादीहरुले किरात प्रदेश जिन्दाबाद, पहिचनाबादी जिन्दावाद, कोशी प्रदेश मुर्दावाद, कोशी प्रदेश खारेज गर लगायका नारा लगाएका थिए। सांसद राई जिल्ला समन्वय समितिको आग्रहमा अतिथिका लागि दिक्तेल आएका हुन्। उनी एमालेबाट निर्वाचित सांसद हुन् । नाराबाजी र धरपकड हुँदा जिल्ला सभा लम्भिएको थियो।

    किरात राई यायोक्खा जिल्ला कार्य समितिले १८ चैतमा विस्तारित बैठक बसेर कोशी नामाकरणमा मतदान गर्ने सांसद, मन्त्रीलाई जिल्लामा अतिथिको रुपमा नबोलाउन र नआउन चेतावानी दिईसकेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology