• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला सभा चलिरहंदा प्रदेश सांसद पिके राईलाई कालो झण्डा देखाईयो

जिल्ला सभा चलिरहंदा प्रदेश सांसद पिके राईलाई कालो झण्डा देखाईयो


समायोजन खबर
  • शनिबार, चैत्र २५ २०७९

  • प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय लैजादै किरात राई यायोक्खा अध्यक्ष युगसन किरात।

    समायोजन खबर खोटाङ, खोटाङमा कोशी प्रदेशका सांसद पाँचकर्ण राई पिकेलाई पहिचानबादी पक्षधरले नाराबाजी गर्दै कालोझण्डा देखाएको छ। शनिबार जिल्ला समन्वय समितिको हलमा चलिरहेको सातौ जिल्ला सभामा समय मागेर कार्यक्रम नै गरेर कोशी प्रदेश नामाकरणमा मतदान गर्ने सांसद राई विरुद्ध पहिचानबादीहरुले नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन्।

    नाराबाजी र कालोझण्डा देखाउन उत्रेका चारजना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा किरात राई यायोक्खाका अध्यक्ष युगसन किरात, सह–कोषाध्यक्ष डार्विन चाम्लिङ, यायोक्खाका दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी पूर्व उपाध्यक्ष सप्तमणि राई र जसपाका जिल्ला सचिव सुनिल राई छन्।

    यायोक्खाका अध्यक्ष किरात बाहेक अन्य तीनजनालाई प्रहरीले हातकडी लगाएर जिल्ला प्रहरी कार्यालय लगेका थिए । त्यसमा आपत्ति रहेको यायोक्खा अध्यक्ष किरातले बताए।

    किरात राई यायोक्खा जिल्ला कार्य समितिले १८ चैतमा विस्तारित बैठक बसेर कोशी नामाकरणमा मतदना गर्ने सांसद, मन्त्रीलाई जिल्लामा अतिथिको रुपमा नबोलाउन र नआउन भनिसकेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology