• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकालाई ’पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा

साकेला गाउँपालिकालाई ’पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा


समायोजन खबर
  • बिहिबार, चैत्र २३ २०७९

  • समायोजन खबर खोटाङ, १५ महिनाभित्रका बालबालिकालाई दिईने १३ किसिमका सबै खोप लगाई सकेपछि साकेला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ।

    बिहीबार साकेला गाउँपालिका–२, रतन्छामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवंम् पूर्ण खोप समन्वय समिति संयोजक सन बहादुर राई, साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्य प्रसाद सिग्देल, फोकल पर्सन जीवन चौलागाई लगायतले पूर्ण खोप सुनिश्चितता घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको हो।

    पूर्ण खोप निर्देशिका २०७७ अनुसार सबै प्रक्रिया पुरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा गर्न स्वास्थ्य कार्यालयले अनुमति दिएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए।

    सिग्देलका अनुसार हलेसी तुवाचुङ नगरपालिका, रावाबेंशी गाउँपालिका र वराहपोखरी गाउँपालिकाले पूर्ण खोप निर्देशिका २०७७ अनुसार सबै प्रक्रिया पुरा गरिसकेको छ। उनीहरुलाई घोषणा गर्न पनि अनुमति दिईएको छ।
    यसैविच, रतन्छामा अवस्थित ५ शैयाको अस्थायी अस्पताललाई औपचारिक रुपमा ’साकेला आधारभूत अस्पताल’ बनाईएको छ।

    जिल्ला समन्वय समितिका संयोजक सन बहादुर राई र गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले संयुक्त रुपमा अस्पतालको वोर्ड पढेर र रिवन काटेर अस्पतालको औपचारिक रुपमा उद्घाटन गरेका छन्। विगत २ वर्ष अघिदेखि कोभिड अस्पतालको रुपमा सञ्चालन हुँदै आएको उक्त अस्थायी अस्पताललाई नेपाल सरकारको नीति अनुरुप साकेला आधारभूत अस्पतालमा स्तरवृद्धि गरि उद्घाटन गरिएको हो।
    स्थापना भएको ५ शैयाको आधारभूत अस्पताललाई अक्सिजन कन्सन्टेटर, बेड, औषधीहरु लगायत अन्य आवश्यकीय उपकरणहरु उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्य प्रसाद सिग्देलले प्रतिवद्धता व्यक्त गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology