• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा साइनबोर्ड,लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न यायोक्खाको आग्रह

खोटाङमा साइनबोर्ड,लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न यायोक्खाको आग्रह


समायोजन खबर
  • सोमबार, चैत्र २० २०७९

  • किरात राई यायोक्खा जिल्ला कार्य समितिको विस्तारित बैठकमा सहभागीहरु।

    समायोजन खबर खोटाङ,किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङले साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न आग्रह गरेको छ।

    अहिले प्रदेशभरका जिल्ला जिल्लामा कोशी लेखिएको बोर्ड हटाउने, लेटरप्याड जलाउने, कार्यालयहरुमा तालाबन्दी गर्ने कार्यहरुलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति, नगरपालिका, गाँउपालिका, वडा कार्यालयहरु, राजनैतिक दल, सवै सरकारी कार्यालय, संंघसंस्थाहरु विद्यालयहरुलाई कोशी प्रदेश नलेख्न आग्रह गरेको हो।

    पहिचानको आधारमा किरात प्रदेस पुनः नामकरण गर्न किरात राई यायोक्खा जिल्ला कार्य समितिको शनिबार सम्पन्न विस्तारित बैठकले आग्रह गर्दागर्दै आम नागरिकहरुको चाहाना विपरित कोशी प्रदेस लखिएको खण्डमा त्यसपछि उत्पन्न हुने घट्नाको जिम्मेवार सम्बन्धित कार्यालय नै हुनुपर्ने जनाईएको छ।किरात राई यायोक्खा जिल्ला कार्य समितिको विस्तारित बैठकमा सहभागीहरु।

    बैठकले कोसी नामाकरणमा मतदान गर्नेे सांसद, मन्त्रीहरुलाई जिल्लामा अतिथिको रुपमा नल्याउन, जनआक्रोसलाई बुझेर सांसद तथा मन्त्रीहरुलाइ जिल्ला प्रबेश नगरिदिन यायोक्खाले सबै पक्ष र निकायहरुलाई आग्रह गर्ने निणय गरेको यायोक्खाका सचिव युगसन किरातले सोमबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

    किरात राई यायोक्खाका केन्द्रीय पदाधिकारी कोशी नाम राख्ने पक्षमा परोक्ष वा अपरोक्ष रुपमा उभिएर सक्रियता देखाउने किरात राई यायोक्खाका केन्द्रीय पदाधिकारीहरुलाई किरात राई यायोक्खा जिल्ला कार्य समितिको कुनै पनि कार्यक्रममा सहभागी हुन बञ्चित गर्ने तथा जिल्ला, पालिका, वडा तहमा किरात राई यायोक्खा, आदिवासी जनजाति महासंंघ, पहिचान पक्षधर पार्टी पहिचानको आन्दोलनमा क्रियाशील संघसंस्था तथा नागरिक समाज सम्मिलित संयुक्त आन्दोलन संघर्ष समिति गठन गरि आन्दोलनलाई सशक्त बनाउने बैठकले निर्णय गरिएको राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology