• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ : मातहतका कार्यालयमा मापसे परिक्षण गरिने

हलेसी तुवाचुङ : मातहतका कार्यालयमा मापसे परिक्षण गरिने


समायोजन खबर
  • मंगलबार, चैत्र ७ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मातहतका कार्यालयका कर्मचारी र सहयोगीले मादक पदार्थ सेवन गरे/नगरेको परिक्षण गर्नेे भएको छ।

    सामुदायिक विद्यालयका शिक्षक, स्वाथ्यकर्मी, कार्यालय सहयोगीहरुले मापसे गरेर कार्यालयमा आउने गरेको गुनासो आएपछि सरकारी कार्यालय, विद्यालय, अस्पताल र सार्वजनिक ठाउँहरुमा मापसे परिक्षण गर्नका लागि ब्रेथलाइजर मेशिन खरिद गर्ने नगरपालिकाले तयारी गरेको छ। मंगलबार बसेको ९८ औं कार्यापालिकाको बैठकलले सातवटा ब्रेथलाइजर मेशिन खरिद गर्ने निर्णय गरेको मेयर विमला राईले बताईन्।

    मेशिन खरिद गरेर नगरभित्रका छ वटा प्रहरी चौकी र एकवटा नगर अस्पतालमा दिईने निर्णय गरिएको छ । ‘केही विद्यालयमा शिक्षक र स्वास्थ्यकर्मी नै मापसे गरेर आउने गरेका रहेछन्। मेयर राईले भने, अझ वडा कार्यालयमा समेत सहयोगि कर्मचारीहरु मापसे गरेर कार्यालय नै नियमित नआउने गुनासो आएपछि अब चाँही मापसे परिक्षण गर्ने निर्णयमा पुगेका हौ।

    यस्तै, सार्वजनिक ठाउँहरुमा प्राय मापसे गरेर झै झगडा हुने गरेकाले त्यसको रोकथामका लागि पनि मेशिन खरिद गर्न लागिएको मेयर राईको भनाइ छ। कतै झगडा भएमा वा कार्यालयहरुमा कोही मापसे गरेर आएको थाहा पाएमा तत्काल नजिकैको प्रहरी चौकीबाट प्रहरी खटिएर मापसे परिक्षण गर्नेछ । यदि मापसे गरेको पाइएमा आवश्यक कारबाही अघि बढाइनेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology