समायोजन खबर खोटाङ, खोटाङलाई उज्यालो बनाउने लक्ष्यका साथमा पूर्ण विधुतीकरणको काम सुरु गरिएको छ। खोटाङ उदयपुर ११/०४ केभि ग्रामिण विधुतीकरण आयोजना अन्तर्गत विधुत नपुगेका गाउँपालिका तथा वडाहरुमा विधुत पु¥याउन विधुतीकरणको काम सुरु गरिएको हो।
विधुत प्राधिकरणको १ अर्व वजेटमा १७ कार्तिकदेखि सिग्मा कोण प्रालि काठमाण्डौ पेप्सीकोलाले १८ महिनामा काम सम्पन्न गर्नेगरी जिल्लाभर विधुतीकरणको काम सुरु गरेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर विजयराज रेग्मीले बताए।
प्राधिकरणसँग गरेको सम्झौता अनुसार प्रालिले जिल्लाभर ११ केभिको १२८.८९ किलोमिटर हाइटेन्सन लाइन र ५३९ किलोमिटर एलटी लाइन विस्तार गरी १०९ वटा वितरण ट्रान्सफर्मर जडान गर्नुपर्नेछ।
जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिका गरी ४५ हजार ग्राहकमध्ये करीव १४ हजार घरधुरीमा विधुत पुग्न बाँकी रहेको छ।
केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र वराहपोखरी गाउँपालिकामा छिटफुट बाहेक विधुतीकरणको काम भएको छैन।
प्राधिकरणका अनुसार केपिलासगढीमा ११ केभिको ३१ किलोमिटर हाइटेन्सन र १०० किलोमिटर एलटी लाइन, २१ वटा वितरण ट्रान्सफर्मर जडान, ऐसेलुखर्कमा ११ केभिको ४० किलोमिटर हाइटेन्सन र ७० किलोमिटर एलटी लाइन तथा १६ वटा वितरण ट्रान्सफर्मर जडान गर्नुपर्ने छ।
जन्तेढुंगामा ११ केभिको ४४ किलोमिटर हाइटेन्सन, १२० किलोमिटर एलटी लाईन विस्तार, २४ वटा वितरण ट्रान्सफर्मर जडान र वराहपोखरीमा ११ केभिको ३६ किलोमिटर हाइटेन्सन, १०७ किलोमिटर एलटी लाईन र १८ वटा वितरण ट्रान्सफर्मर जडान गरिनेछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology