समायोजन खबर खोटाङ, खोटाङ उधोग वाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार–२०७९’बाट पत्रकार चिसाङ शेर्पा पुरस्कृत भएका छन्।
शनिबार संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन र सचिवालय भवन उद्घाटनका क्रममा पत्रकार शेर्पा पुरस्कृत भएका हुन्।
पत्रकार शेर्पालाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरिएको खोटाङ उधोग वाणिज्य संघका महासचिव मनोज कुमार वजिमयले जानकारी दिए।
शेर्पाले खोटाङको व्यवसाय क्षेत्रलाई समेटेर समाचार सम्प्रेषण गरी चलाउनु भएको कलमको उच्च कदर गर्दै पुरस्कार प्रदान गरिएको खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले बताउनुभयो।
पत्रकार शेर्पालाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र संघका अध्यक्ष राईले पुरस्कार प्रदान गर्नुभएको थियो।
शेर्पा जिल्लाबाट सञ्चालन भईरहेको समायोजन खबर डटकमका सञ्चालक तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका सह–सचिव हुन्। उनी अन्नपूर्ण मिडिया नेटवर्क, हिमालय टाइम्स र सुर्योदय टेलिभिजनका जिल्ला संवाददाता हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology