समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकामा भएको पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले उचालेको छ।
१९ स्वर्ण, ८ रजत र ३ कास्य सहित प्रतियोगितामा पहिलो बनेको पृथ्वी माविले नगद ४० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
यस्तै, सुर्य मावि सुङदेल ५ स्वर्ण, ८ रजत र ६ कास्य ल्याएर दोश्रो भएको छ । सुक्रजित मावि खार्ताम्छाले ५ स्वर्ण, २ रजत र ३ कास्य ल्याएर तेश्रोमा चित्त बुझाएका छन्।
दोश्रो भएको सुर्य माविले ३० हजार र तेश्रो हुने सुक्रजित माविले २० हजारका साथमा शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरे भने, सहभागी अन्य पाँच विद्यालयले आवतजावत तथा व्यवस्थापन खर्च स्वरुप जनही १५ हजार र सहभागिताको प्रमाणपत्र पाएको शिक्षा संयोजक सुरेन्द्र खनालले जानकारी दिए।
खनालका अनुसार रेणुका मावि दिप्सुङले १ स्वर्ण, ५ रजत, ४ कास्य, थर्पुडाँडा मावि सप्तेश्वरले १ रजत, १ कास्य, जालपा मावि बाक्सिलाले १ कास्य, राष्ट्रिय मावि बासपानीले २ रजत, ५ कास्य र कुहुडाँडा मावि फेदीले ४ रजत, ५ कास्य जितेका थिए।
उद्घाटनमा उत्कृष्ट मार्चपास गर्नेमा जालपा मावि बाक्सिला पहिलो भएर नगद ५ हजार र दोश्रो भएको राष्ट्रिय मावि बासपानीले नगद ३ हजार पुरस्कार पाएका छन्। 
विजेता विद्यालयलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, सामाजिक विकास समिति संयोजक एवंम् फेदीका वडाध्यक्ष निरकुमार राई, बाक्सिलाका वडाध्यक्ष खड्ग बहादुर तामाङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुञ्जन कार्कीले पुरस्कार वितरण गरेका थिए।
आईतबारदेखि केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माविको खेलमैदानमा भएको प्रतियोगिता आज(बिहीबार) समापन भएको हो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारको सशर्त बजेट एक लाख र गाउँपालिकाको चार लाखसहित ५ लाखमा प्रतियोगिता सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष राईले बताए।
छात्राछात्रतर्फ १००, २००, ४००, ८००, १५००,३००० मिटरको दौड, रिले दौड दुई, सटफुट, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपाल जम्प, भलिवल र कबड्डीको एक/एक स्वर्णसहित ३० स्वर्ण पदकका लागि प्रतियोगिता गराईएको थियो। प्रतियोगितामा गाउँपालिकाभरीका आठ वटा माविको सहभागिता थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology