• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा आँखा जाँच तथा शल्यक्रिया शिविर

दिक्तेलमा आँखा जाँच तथा शल्यक्रिया शिविर


समायोजन खबर
  • मंगलबार, फाल्गुन २ २०७९

  • दिक्तेलकी ८४ वर्षीया विष्णुमाया आचार्यको आँखा जाँच गर्दै सह–प्राध्यापक डाक्टर रञ्जु खरेल सिटौला।

    समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गरेको छ। मंगलबारदेखि बिहीबारसम्मका लागि जिल्ला आयुर्वेद अस्पताल दिक्तेलमा शिविर सञ्चालन गरेका हुन्।

    नगरपालिका र विपि कोइराला लाइन्स आँखा अध्ययन केन्द्र माहाराजगञ्ज काठमाण्डौको आयोजना तथा नेत्र ज्योति संघ दिक्तेलको सहकार्यमा सुरु भएको शिविरमा आँखा जाँच, मोतिविन्दुको शल्यक्रिया, आवश्यकता अनुसार निःशुल्क औषधि वितरण र ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिनेछ।

    शिविरमा १ हजार जनाको आँखा जाँच तथा सय जनाको मोतिविन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी खेमराज आचार्यले जानकारी दिए।
    आँखा जाँच तथा शल्यक्रियाका लागि विपि कोइराला लाइन्स आँखा अध्ययन केन्द्र माहाराजगञ्जका सह–प्राध्यापक डाक्टर रञ्जु खरेल सिटौलाको नेतृत्वमा १३ जना चिकित्सकको टोली दिक्तेल आएको शिविर इन्चार्ज रमेश प्रधानले बताए।

    शिविरमा उपचार तथा शल्यक्रिया गर्न संम्भव नभएकालाई काठमाण्डौस्थित शिक्षण अस्पतालमा झिकाएर उपचार गर्ने लक्ष्य रहेको इन्चार्ज प्रधानले सुनाए। उनका अनुसार शिविरमा चेक गरेको कागजात र नगरपालिकाको सिफारिसका आधारमा काठमाण्डौमा पनि उनीहरुको निःशुल्क उपचार गरिनेछ।

    मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा शिविरको जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले उद्घाटन गरेका थिए। शिविरमा सेवा लिन ज्येष्ठ नागरिक सबैभन्दा बढी आएका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology