• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ : पाठेघर खसेका २८ जना महिलाको शल्यक्रिया गर्न बनेपा लगियो

हलेसी तुवाचुङ : पाठेघर खसेका २८ जना महिलाको शल्यक्रिया गर्न बनेपा लगियो


समायोजन खबर
  • सोमबार, फाल्गुन १ २०७९

  • समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका २८ जना महिलाको शल्यक्रिया गर्न अस्पताल लगेको छ। शल्यक्रियामार्फत उपचार गर्नुपर्ने देखिएका ३२ जनामध्ये २८ जनालाई सोमबार भक्तपुरको बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको हो।

    अन्य ४ जना उपचारमा नगएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिए। गत माघ १ देखि ९ गतेसम्म नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघरको रोग पहिचान र उपचार गरिएको थियो। जसमा ३२ जनाको पाठेघर खसेका महिलाहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो।

    उहाँहरुलाई सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको सहयोगमा निःशूल्क उपचार गर्न लगिएको हो। अस्पताल पुगेका २८ जनामध्ये १० जनाको सोमबारबाट उपचार प्रक्रिया सुरु भएको छ। त्यसपछि अन्यको उपचार प्रक्रिया सुरु हुने संयोजक घिमिरेको भनाइ छ।

    उपचारका लागि पाठेघर खसेका २८ जना महिला, उहाँहरुको एक/एक जना कुरुवासहित मेयर विमला राई, उपमेयर रमेश कुमार राउत, सामाजिक विकास संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष रुद्रकुमार राई, स्वास्थ्य शाखा संयोजक घिमिरे, अर्खौले स्वास्थ्य चौकीका प्रमुख विवेक पराजुली लगायतको समुह भक्तपुर पुगेको छ।

    नगरपालिकाले १० दिनसम्म घरघरमै पुगेर सञ्चालन गरेको पाठेघर रोगको पहिचान र उपचार कार्यक्रमबाट २२५ जनाले सेवा लिएका थिए। तत्कालै १०६ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको छ। १०४ जना महिलाको पिआइडी(पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार) गरिएको छ। आवश्यकता अनुसार औषधि वितरण र परामर्श दिइएको संयोजक घिमिरेले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology