• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा प्रहरीको कुटाईबाट किशोर घाईते

खोटाङमा प्रहरीको कुटाईबाट किशोर घाईते


समायोजन खबर
  • सोमबार, फाल्गुन १ २०७९

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, प्रहरीको कुटाईबाट खोटाङमा एक किशोर घाईते भएका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान सागर राईको कुटपिटबाट सोही ठाउँका १४ वर्षीय अशोक दाहाल घाईते भएका हुन्।

    सामान्य विषयमा विवाद हुँदा राई र दाहालबीच सोमबार हात हालाहाल भएको थियो। दाहालले हात हालेपछि प्रहरी जवान राईले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। आफुमाथि कुटपिट भएको भन्दै दाहाल पुःन हतियारसहित प्रहरीमाथि जाइलागेपछि उनीमाथि थप कुटपिट भएको थियो। दाहालमाथि प्रहरी हवल्दार प्रभुराम बास्तोलाले पनि कुटपिट गरेको आमा मुना दाहालले दावी गरिन्।

    केही समयअघि एपेन्डिसाइटको अप्रेसन गरेका दाहालको निरन्तर पेट दुखेपछि एम्बूलेन्समार्फत जिल्ला अस्पताल दिक्तेल लगिएको छ। कुटपिटमा संलग्न प्रहरी जवान राईलाई छानविनका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको डिएसपी मञ्जिल मुकारुङले बताए।

    कुटपिटको घट्नापछि मिलापत्र गराउने प्रयास गर्दा दाहाल परिवारले अस्वीकार गरेको वडाध्यक्ष केशव खत्रीले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology