• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा विधुतीय संरचनामा क्षति गर्नेलाई ३४ हजार जरिवाना

खोटाङमा विधुतीय संरचनामा क्षति गर्नेलाई ३४ हजार जरिवाना


समायोजन खबर
  • शुक्रबार, माघ २७ २०७९

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले विधुतीय संरचनामा क्षति गर्नेलाई जरिवाना गरेको छ। ११ केभि प्रसारण लाइनको विधुतीय संरचनामा क्षति गराउने हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका पूर्ण सिं राईलाई ३४ हजार ९८० रुपैयाँ जरिवाना गरेको हो।

    राईले गत मंगलबार हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा दाम्लीमा सल्लाको रुख ढालेर विधुतको ५ वटा पोल, तार, डिस्क, पिन, स्टे र च्यानलमा क्षति पु¥याएपछि क्षतिको मुल्याङकन गरेर जरिवाना गरिएको खोटाङका प्राधिकरण प्रमुख विजयराज रेग्मीले बताए।

    मंगलबार विधुतीय संरचनामा क्षति पु¥र्याएका राईले बुधबार प्राधिकरणमा आएर जरिवाना बापतको रकम जम्मा गरेपछि बिहीबार विधुतीय संरचना मर्मत तथा सामानहरु फेरेर दुई दिनपछि त्यस क्षेत्रमा विधुत सुचारु गरिएको थियो। राईले विद्यालय निर्माणका लागि रुख ढालिएको बुझिएको छ। उनले ढालेको रुखले विधुतीय संरचनामा क्षति गर्दा जिल्लाभर नै झण्डै एक घण्टा विधुत अवरुद्ध भएको थियो।

    यस्तै, दिक्तेलको अस्पताल चोकमा मादक पदार्थ सेवन गरी गाडी चलाएर विजुलीको एकवटा पोल भाँच्ने चालक र गाडीलाई ५५ हजार जरिवाना तोकिएको छ। क्षतिको मुल्याङकन गरेर जरिवाना तोकिएको हो।

    मादक पदार्थ सेवन गरी गाडी चलाएर विजुलीको पोल भाँचेर चालक फरार भएका थिए। गाडीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। गाडी धनीबाट विधुतलाई जरिवाना बापतको रकम तिराउने शर्तमा गाडी सम्बन्धित धनीले बुझेका छन्।
    रोकिएन विधुतीय संरचनामा क्षति गर्ने काम
    विधुतीय संरचानमा क्षति गर्नेलाई प्राधिकरणले जरिवाना गरे पनि क्षति गर्ने काम भने रोकिएको छैन। शुक्रबार मात्रै अपरान्ह साढे ४ बजे हुर्लुङ अगाडीको जंगलमा पहिचान नभएका ब्यक्तिले रुख ढाल्दा ११ केभि प्रसारण लाइनको ४/५ वटा पोल, तार, डिस्क, पिन, स्टे र च्यानलमा क्षति पुगेको छ।

    क्षतिका कारण हलेसी फिडर अन्तर्गतको हुर्लुङ, पाथेका, खार्मी, जालपा, रावाबेशी गाउँपालिकाको हौचुर तथा केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा पूर्णरुपमा विधुत अवरुद्ध भएको छ। बिुधत सेवा बन्द हुँदा करीव ४ हजार ५०० घरधुरी अध्याँरोमा बस्न बाध्य बनेका छन्।
    विधुतीय प्रसारण लाइन आसपास रुख नढाल्न र ढाल्न परे समन्वय गर्न प्राधिकरणले आग्रह गरेको छ। विधुतीय संरचनाहरुमा क्षति पुग्दा ठूलो दुर्घट्ना हुनसक्ने तथा विधुतीय उपकरणहरु पड्कने गर्दछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology