समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिकाका विभिन्न स्थानमा फोन नचल्ने समस्या देखिएको छ। हप्ता दिन अघिदेखि गाउँपालिकाको केन्द्र चिसापानी बजार लगायत अधिकांश वडामा एनटिसी फोन सम्पर्क नहुने, सम्पर्क भए पनि कुराकानी नबुझिने लगायतका समस्या देखिएको हो।
छिमेकी पालिका खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा रहेको टावरले भेट्ने बाहेकका ठाउँमा फोन नचलेको स्थानीयले बताएका छन्। एनटिसीको टावर राखिएको जन्तेढुंगा गाउँपालिका–३ काहुलेको होङमापोखरीस्थित गढीडाँडामा केही हप्ताअघि एनसेनको टावर जडान गरेपछि एनटिसी फोनमा समस्या सुरु भएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए।
एनटिसी फोनमा आएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाई हुँदा सेवाग्राही मारमा परेका छन्। जन्तेढुंगा गाउँपालिकामा पटक–पटक फोनमा समस्या दोहोरिने गरेको छ। तर नेपाल टेलीकमले यसको दिर्घकालिन हल गर्न ध्यान नदिएको सभापति बिष्टले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology