समायोजन खबर खोटाङ, खोटाङमा चरनमा छाडिएको हल गोरु खुट्टा काटिएको अवस्थामा फेला परेको छ। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित खोटाङ र उदयपुरको सिमनामा पर्ने फोक्सिङटारको पक्की पुल नजिक चरनमा छाडिएका गोरुको अज्ञात ब्यक्तिले खुट्टा काटिदिएको अवस्थमा फेला परेको हो।
हिउँदको समयमा उक्त स्थानका मानिसहरुले प्राय गाईबस्तु चरनका लागि खुला छाड्ने गरेका छन्। आइतबार चरनका लागि छाडिएका सुर्य माझीको हल गोरुको पछाडिको खुट्टाको विभिन्न भागमा काटिएको उदयपुर घर भइ हाल सोही ठाउँ बस्दै आएका कर्णशेर राईले जानकारी दिए।
राईका अनुसार खुकुरीको प्रयोग गरेर गोरुको खुट्टामा काटिएको छ। गोरु खुट्टा काटेर हिड्न नसक्ने अवस्थामा भेटिएको छ।
गोरुको खुट्टा काटिएको जानकारी आएपछि घटना स्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताए। स्थानीयले लगाएको तरकारी बाली खाएपछि गोरुको खुट्टा काटिएको हुन सक्ने प्रहरीको अनुमान छ।
यस विषयमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धानकै क्रममा तरकारी लगाउनेहरु र गोरु धनीलाई मंगलबार छलफलका लागि बोलाइएको डिएसपी मुकारुङले बताए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology